जुम्लाको पातारासीमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

जुम्ला,४ फागुन ।

जुम्ला पातारासी गाउँपालिका–६ उर्थुको बडिखोलामा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।ट्र्याक्टर दुर्घटनामा ५२ वर्षीया अमिर बोहोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ०२–००१ त ०४२७ नम्बर भएको ट्र्याक्टर जुम्ला बजारदेखि पातारासी गाउँपालिका–२ तल्फीतिर जाँदै थियो । ट्र्याक्टर सवार ५ जना घाइते भएको र घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डीएसपी प्रह्लाद कार्कीले बताए । घाइते हुनेमा २ महिला र ३ पुरुष रहेका छन् ।

ट्र्याक्टर ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । धेरै लोड भएको कारण ट्र्याक्टरले उकालो चढ्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । ट्र्याक्टर चालक फरार रहेको र खोजी भइरहेको डीएसपी कार्कीले बताए ।

जुम्लाको पातारासीमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

यस्तो छ आजको मौसमः तराईमा मध्यान्हसम्म हुस्सु

जुम्लाको पातारासीमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

बालविवाह गर्नेबिरुद्ध मुद्दा दर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *