राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमन्त्रीहरूले छाडे क्वार्टर

काठमाडौं,२६ माघ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमन्त्रीहरूले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका छन्। पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले मन्त्री क्वार्टर छाडेका हुन्।

तीनै जनाले बुझबुझारथ गरी क्वार्टर खाली गरिसकेको शहरी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रदीप परियारले बताए। लामिछाने र अर्यालले मंगलबार क्वार्टर छाडेका थिए भने खनालले बुधबार छाडेका हुन्। पूर्वस्‍वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की भने मन्त्री क्वार्टरमा सरेकी थिइनन्।

गत आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने गरी आफ्ना मन्त्रीहरूलाई भने फिर्ता बोलाउने निर्णय गरेको थियो। सोही दिन तत्कालीन मन्त्रीहरू अर्याल, खनाल र कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए।

लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले उनलाई सांसद बन्न अयोग्य ठहर गरेको थियो। त्यसपछि उनले सांसद, मन्त्री र सभापति पद गुमाएका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः प्राप्ति गरेपछि लामिछानेले रास्वपाको सभापति भइसकेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमन्त्रीहरूले छाडे क्वार्टर

गुर्भाकोटमा  निबन्ध प्रतियोगिता हुदै

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमन्त्रीहरूले छाडे क्वार्टर

नेपाली कांग्रेस छोडि तुलाधर विप्लव निकट पार्टीमा

Leave a comment

Your email address will not be published. Required fields are marked *