नेपाली कांग्रेस छोडि तुलाधर विप्लव निकट पार्टीमा प्रवेश

दुर्गा विसी
सल्यान,२६ माघ ।
नेपाली कांग्रेस छोड्दै सल्यानमा दुई युवा नेताले विप्लव निकट पार्टीमा प्रवेश गरेका छन् । दुईजना होनहार युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएको सो पार्टीले जनाएको छ।
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ सल्लिबजार निवासी युवा तुलाधर नेपाली, नेपाली काँग्रेस पार्टीको क्षेत्रिय प्रतिनिधि र सो पार्टीको केन्द्रीय तरुण विभाग अन्तरगत रहेको बिपन्न तथा दलित समुदाय समन्वय समितिको केन्द्रीय सदस्य परित्याग गरेर नेकपा विप्लव निकट पार्टीमा प्रवेश गरेका छन् ।

सल्यान जिल्ला खलंगा निवासी स्वतन्त्र युवा रोदिन श्रेष्ठ नेकपामा आवद्ध भएको बताएको छ । नेकपा सल्यान जिल्लाको संयुक्त बैठक बस्नु ठिक अघि युवाहरु पार्टीमा प्रवेश गरेको जनाएको छ ।नवप्रवेशी युवाहरुलाई नेकपाका केन्द्रीय सदस्य सविन सीले टीका, माला र खादा लगाइदिएर पार्टीमा प्रवेश गराएको जनाएको छ । नेपालीले भने मुल पार्टी छोड्नु कारण भने खोलेका छैन्न ।






