सल्यानको माझकाँडामा मामाद्वारा भान्जको हत्या

दुर्गा विसि
सल्यान,१ माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा १० माँझकाँडामा मामा डम्बर पुरिले आफनै ७ वर्षिय भान्जा भिजन घर्तीलाई काटेको खबर प्राप्त भएको छ ।वडा अध्यक्ष मोतिलाल घर्तीले दिएको जानकारी अनुसार आज विहान डम्बर पुरिको छोरा र रिजन खेलिरहेको अवस्थामा मामा डम्बरले भान्जाको हत्या गरेर मन्दिरमा टाउको लिएर गाडेको स्थानीयले प्रत्येक्ष दर्शिले वताएको वडा अध्यक्ष घर्तीको भनाइ रहेको छ ।

प्रहरी घटना स्थल तर्फ जाँदै गरेको खबर छ ।एक वर्ष अघि आफ्नै बाबुले छोराको हत्या गरेका थिए ।त्यसै गरि दुई वर्ष अघि आफ्नै सहादर दाजुले भाइको हत्या गरेको सो वडामा पुनः आज माघे सक्रान्तिको दिने मामाले भान्जलाइ काटेर टाउको गाडेको खबर छ ।भान्ज काट्ने पुरिको मानसिक अवस्था ठिक नभएको समेत जनाएको छ ।







