कर्णाली प्रदेश सभा समानुपातिकमा पन्ध्र महिला निर्वाचित

सुर्खेत,१  पुस  ।

कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ १६ जना सदस्य निर्वाचित भएका छन्। जसमा १५ जना महिला र एक जना पुरुष रहेका छन्।

कर्णाली प्रदेश सभामा नेकपा (माओवादी केन्द्र)का तर्फबाट हुम्लाकी जुम्कित लामा कार्की, कालीकोटकी यशोदा न्यौपाने, रुकुमपश्चिमकी मिलन खड्का रोका र डोल्पाकी उर्मिला विक प्रदेश सभा सदस्यमा निर्वाचित भएकि छन्र ।

नेपाली कांग्रेसबाट सुर्खेतकी बलिमाया बुढा, सुर्खेत वीरेन्द्रनगरकी जानकी सिंह, हुम्लाकी विजया बुढा, दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाकी इन्द्राकुमारी शाही र सल्यानकी लक्ष्मी सुनार प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन ।

यस्तै नेकपा (एमाले)बाट कालीकोटकी दक्षिणा शाही, रुकुमपश्चिमकी तुलसा मल्ल, हुम्लाका कलबहादुर हमाल, दैलेख आठबिस नगरपालिकाकी गमता विक र सुर्खेतकी नन्दा गुरुङ प्रदेश सभा सदस्य निर्वाचित भएकि छन् ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट रुकुमपश्चिमकी कल्याणी खड्का प्रदेश सभा सदस्य निर्वाचित भएकि छन । कर्णाली प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेको छैन। यस्तै राप्रपाबाट समानुपातिकमा सुर्खेतकी सन्तोषी शाही निर्वाचित भएकी  हुन् ।

कर्णाली प्रदेशभर कुल खसेको सदर मत पाँच लाख ७७ हजार ८२९ मध्ये नेकपा (एमाले)ले सबैभन्दा धेरै एक लाख ८३ हजार ९९० मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले एक लाख ७० हजार ७५६ मत प्राप्त गरेको छ। यस्तै नेकपा (माओवादी केन्द्र)ले एक लाख ३७ हजार ६२९ प्राप्त गरेको छ। नेकपा (एकीकृत समाजवादी)ले ३६ हजार ८२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ मत प्राप्त गरेका छन्।

गाेरखापत्र 

कर्णाली प्रदेश सभा समानुपातिकमा पन्ध्र महिला निर्वाचित

बालबालिकाको बढ्दो आत्महत्या

कर्णाली प्रदेश सभा समानुपातिकमा पन्ध्र महिला निर्वाचित

मुगुभरि छैन कालोपत्र सडक

Leave a comment

Your email address will not be published. Required fields are marked *