नदी किनारमा बेवारिसे शव फेला

कालीकोट,१५ मंसिर ।

कालीकोटको शान्नीत्रिवेणी गाउँपालिका –३ सिस्नेगडा कर्णाली नदी किनारमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । घाँस काट्न गएका स्थानीय महिलाले नदी किनारमा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुबराज बमका अनुसार आफ्नो कमाण्डमा गएको प्रहरी टोलीले शवको उद्धार गरेर जिल्ला अस्पताल कालीकोटको शवगृहमा राखेको बताए ।

पहिचान हुन नसकेको मृतक व्यक्ति अन्दाजी ४५ देखि ५० वर्ष उम्मेदवारको रहेको बमले बताए । प्रहरी निरीक्षक बमले मृतकले खैरो रङको स्वेटर, कालो निलो पट्टा भएको ट्रयाक्सुट, रातो निलो रङको बाउला भागमा सेतो धर्सा भएको जाकेट लगाएको बताए ।

उनको वर्ण गहुँगोरो, दारी कपाल फुलेको र पाँच फिट उचाइ भएको पुरुषको लास सडेगलेको अवस्थामा रहेको प्रहरीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

शव सडेकाले कहिले मृत्यु भएको हो यकिन गर्न गाह्रो भएको प्रहरीले जनाएको छ । चिसो मौसममा समेत शव सडेकाले धेरै पहिला सडक मुनिबाट लडेर ती व्यक्तिको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

गोरखापत्र

नदी किनारमा बेवारिसे शव फेला

कर्णाली प्रदेश :  समानुपातिक मतमा एमाले पहिलो

नदी किनारमा बेवारिसे शव फेला

हुम्लाका कृषकलाई स्याउ बिक्रीको पिरलो

Leave a comment

Your email address will not be published. Required fields are marked *