जीवनशैली : रेष्टुरेण्टमा दर ! बाध्यता कि रहर ?

सृजना बुढाथोकी
सुर्खेत, १४ भदौं ।
विहेवारी भएर टाढा टाढा पुगेका छोरीचेलीलाई तीजको अघिल्लो दिन घरमा बोलाइ माइतीले अडिलो र दरिलो खाना खुवाउने परम्पर हो दर खाने दिनमा । तीजका दिन निराहार व्रत बस्नुपर्ने भएकाले अघिल्लो रात दरिलो खाना खाने खुवाउने पुरानै मान्यता र चलन हो । दर खाने दिन माइतीका आँगनमा जम्मा हुने छोरीचेलीहरु मादल र चापका तालमा तीजे भाकामा नाचगान गर्दै आप्mना वर्षभरीका दुःख बिसाउने चल गाउँघरमा अझैंपनि छ ।

तर, शहर बजारमा भने माइतीको आँगन साँघुरो भएर होला अधिकांश चेलीहरुको जमघट नाम चलेका र महंगा रेष्टुरेण्टहरुमा हुन थालेका छन् त्यो पनि मौलिक र परम्परागत तीजे भाकामा हैन कि डीजे भनिने लाउडस्पिकरको स्वरमा । समयक्रमसंगै आएको यो परिवर्तन अहिलेको समयका लागि बाध्यता या रहर जे भएपनि पुरानो पुस्तालाई भने यो पटक्कै चित्त बुझेको छैन ।

उमेरले ७० काटेकी वीरेन्द्रनगर–७ की बिजुकला विष्टले आफ्नो पालामा टाढा–टाढाबाट आउने साथीसंगी, चेलीबेटी तीजकै लागि माइत आउने र सबै जम्मा भएर रमाइलो गर्ने गरेको सम्झिइन । ‘हामी त मादल बजाएर नाच्थ्यौ, पुराना भाकाहरु गाउँदै ।’, उनले भनिन्, ‘अहिले त सात गाउँ सुनिने डेग बजाउँछन्, गीतपनि सुनिनसक्नु हुन्छन् ।’ परिवारसंग बसेर सुन्न नसक्ने गीतले हाम्रो सँस्कृतिलाई बचाउने नभई उल्टै सिध्याउने उनको बुझाई छ ।

आफ्ना घरमा भएका दुःखसुख सबै गीतकै माध्यमबाट गाएर सुनाउने सबै नाच्ने गर्ने बताउँदै उनले भनिन्‘अहिले त तीज जस्तोपनि लाग्दैन ।’ वीरेन्द्रनगर वडा नं ९ मा रहेको शिव मा.वि लाटिकोइलीमा सामाजिक विषय पढाउदै आएकी शिक्षिका वसन्ती कँडेलले चाडपर्वको नाममा समाजमा अहिले विकृति फैलिएको बताउँछिन् ।

‘तीजको नाचको कुरा गर्दा सामाजिक सञ्जालमा पनि पछिल्लो समय आँखा बन्दनै गर्नुपर्ने जस्ता दृश्य देखिरहेका छौ’, उनले भनिन्, ‘होटेलमा महंगा साडी, गरगहना र डेग बजाएर नाच्नाले पुरानो मादलमा सस्ता कपडा लगाएर दुःख बिसाउने तीजलाई भड्किलो बनाएको छ’ ।

अमरज्योति मावि नेवारेमा सामाजिक विषय नै पढाउने शिक्षिका सीमा चन्दको भने कंडेलको भन्दा फरक विचार छ । व्यस्त जीवनशैली र दिनचर्याका कारण परम्परागत तौरतरिकाले दर खाने फुर्सद नहुने भएकाले छरितो उपाय अपनाउनुलाई आपूmले सकारात्मक रुपमा लिएको उनको भनाई छ ।

आपूm अहिले आप्mनो माइती रामघाटमा रहँदा त्यहाँ अझैं पनि मादल नै बजाएर नाचगान रमाइलो गरिरहेको देखेको उनले सुनाईन । ‘गाउँघरमा दिनभरीको घरको काम सकेर साँझ सबैजना जम्मा भएर कोहि एकजनाको घरमा रमाईलो गरिरहेकै छन गाउँघरमा ।’ उनले भनिन,‘ शहर बजारमा घरव्यवहार र पेशा रोजगारीका कारण सधै भ्याइनभ्याइ हुन्छ ।’ अश्लिलता र उत्तेजना फैसाउन गीत र नाचलाई विकृतिका रुपमा लिनुपर्ने भन्दै उनले सबै साथीसंगी भेटघाट रमाइलो गर्दा पैसा उठाएर होटेलमा गर्नु नराम्रो नभएको प्रतिक्रिया दिइन ।

तिजको महत्व बुझेर, हाम्रा परम्परा सँस्कृति जोगाने काम हामी स्वयम्ले गर्नु पर्छ ।’ सीमा भन्छिन,‘ तर कुन समयमा कहाँ के गर्ने त्यो बुझेर तीजलाई आफ्नो सँस्कृति सम्झेर तीजनै रहन दिनुपर्छ ।’ केहि वर्षअघिसम्म तीजका अघिल्ला दिन दर खान हिंड्ने महिलाहरुलाई भ्याई नभ्याई हुन्थ्यो । दर खानका लागि धेरै ठाउँमा आउने निमन्त्रणालाई अस्वीकार गर्न नसक्दा एकै दिन धेरै ठाउँमा पुग्नैपर्ने हुन्थ्यो । त्यसकारण तीज आउनुभन्दा महिनादिन अघि नै दर खाने खुवाउने क्रम शुरु हुन्थ्यो ।

तर पछिल्लो समय त्यहि बाध्यताले होला पारिवारका सदस्य सबै जम्मा भएर खाने दर अहिले होटेल र रेष्टुरेण्टहरुमा खाने खुवाउने ग िर ए क ा े छ । पछिल्लो समय धेरै महिलाहरु जागिरे र पेशा व्यवसायमा भएका कारणपनि समय व्यवस्थापनमा समस्या भएको हुँदा घरमा हुने आर्थिक खर्चले नै होटेलमा काम हुने ईनर व्हील क्लब अफ सुर्खेत भ्यालिका अध्यक्ष लक्ष्मी कार्की प्रधानले बताइन् ।

‘अहिलेको समयमा सबैजनाको व्यस्त जीवनशैलीका कारण घर, अफिस, बालबच्चा सबैको जिम्मेवारीले महिलालाई फुर्सदनै हँुदैन’, उनले भनिन्, ‘वर्षभरी घरमै बसेर पकाउने ख्वाउने गरिरहेको हुन्छौ, त्यहि खर्चका आपूmलाई पनि कामको भार कम अनि रमाइलो हुन्छ’ ।

सबै कुराको राम्रो र नराम्रो दुबै पक्ष हुने भएकाले राम्रो पक्षलाई पक्षाउदै जानु पर्ने उनको तर्क छ । ‘आउना पाहुनालाई पनि समय दिन सकिने र थोरै रमाइलो आपूmले पनि गर्न पाउने हँुदा यसलाई विकृतिको रुपमा लिनु हँुदैन’ उनले भनिन् । सुर्खेत उद्योग वाणिज्य संघकी महिला सदस्य कृति गुभाजु शाक्यपनि प्रधानकै विधानकै विचारमा सहमत हुँदै दिन प्रतिदिन जीवन शैलीमा आएका परिवर्तनहरुलाई आत्मसात गर्न सक्नुपर्ने बताउँछिन् ।

‘पहिला पहिला महिलाहरु घरमै सीमित हुन्थ्यौ, महिलाहरु अहिले कहिकतै रोजगारी गर्ने र व्यस्त हँुदै गएकाले पनि समय मिलाउन समस्या छ ।’, उनले भनिन्, ‘रोजगारीकै कारण माइतीबाट टाढा भएकाले छोटो समयमा जान नसक्ने भएकाले पिरव्यथा भुलाउन होटेलमै रमाइलो गर्ने गरेको हो’ ।

यसलाई सकारात्मक ढंगले सबैले सोच्नुपर्ने उनको भनाई छ । माइती नभएका र टाढै भएकाले पनि रमाइलो गर्नका लागि साथीसंगी संग होटेलमै मनाउने यो क्रियाकलाप समय अनुसारको माग भएको उनले बताइन् । तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । धार्मिक संस्कार युक्त तीज सर्वमान्य हुन्छ ।

तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ । तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ ।

एक प्रकारले हेर्दा यसले महिलालाई पुरुषको अन्धभक्त बनाउन खोजेजस्तै देखिन्छ । पुरुषभक्त हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमानको दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता छ । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ ।

चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३ सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ ।

जीवनशैली : रेष्टुरेण्टमा दर ! बाध्यता कि रहर ?

तीज संस्कृति र परिस्थिति

जीवनशैली : रेष्टुरेण्टमा दर ! बाध्यता कि रहर ?

तीजमा निसाइलो आश्रम, नियास्रो मन

Leave a comment

Your email address will not be published. Required fields are marked *