भत्ता वडाबाट वितरण हुनथालेपछि

दुर्गा विसि
सिम्ता, १२ भदाै ।
सुर्खेत सिम्ता गाउँ कार्यपालिकाको बैठकनिर्णय अनुसार सिम्ता गाउँपालिका भित्रका वडा/वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सिम्तालि जेष्ठ नागरिकहरुले अब बैंकमा बिगतमा जस्तै लाइन लागेर दुखकष्टबाट मुक्ति पाउने भएका छन् ।

चुनावमा वोलेका एउटा् वाचा पूरा गरेको गाउँपालिका अध्यक्ष ऎनवहादुर चन्दले वताए । जेष्ठ नागरिकले हद दुख पाएका थिए । अब भने टाढा टाढाबाट जेष्ठ नागरिकलाई वोकर बैंकमा भत्ता वुझ्न आउने सास्ती टरेको छ । वडा सरकारहरुले भने पाएक पर्ने घरर घर, टोल टोलमा बितरण हुने जनाएको छ ।
जेष्ठ नागरिकका लागि र वालवालिका अशक्त नागरिकका लागि समेत वडा तथा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण हुने जनाएको छ । सिम्ता जामुने वजारमा रहेको लक्ष्मि बैंकमा भने अब जेष्ठ नागरिक लाइन लाग्नुपर्ने छैन ।







