विषयगत मन्त्रालयलाई ताकेता गर्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन

सुर्खेत,२० साउन ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले साउन २ गते नै नयाँ योजनाको अख्तियारी पठाइसकेकाले योजना कार्यान्वयन नगरी व्यक्तिगत काममा कर्मचारी खटिएको भन्दै तत्काल विषयगत मन्त्रालयलाई ताकेता गर्न निर्देशन दिएका छन् । उनले अधिकांश जिल्लाका कार्यालय प्रमुख व्यक्तिगत काममा लागेका कारण कार्यालयमा काम नभएको टिप्पणी गरे ।

कर्णाली प्रदेश सरकारको बिहीबार सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले मन्त्री र सचिवको नाम बेचेर पैसा असुल्ने धन्दामा नलाग्न कर्मचारीलाई आग्रह गरे ।

उनले भने, ‘यस्तो प्रवृत्तिले प्रदेशको काम कसरी हुन्छ रु अबको चार महिनाभित्र प्रतिफल निस्कने गरी काम गर्न मैले तपाईँहरू सबैलाई भनेको छु, मेरो कुरा किन सुन्नुहुन्न रु’ मुख्यमन्त्री शाहीले अगाडि भने, ‘पैसा बुझाएर योजना पारेको भन्ने गुनासो समेत मुख्यमन्त्री कार्यालयमा आएको छ ।

राजनीतिक नेतृत्व र कर्मचारीको समन्वय सहकार्यबाट नै प्रदेशको विकास हुन्छ । काम गर्नेले थोरै समयमा धेरै काम गर्छ तर काम नगर्नेलाई जति समय भए पनि केही नगर्ने हुँदोरहेछ ।’ कानुनभन्दा माथि कोही नभएकाले गलत कामतर्फ नलाग्न मुख्यमन्त्री शाहीले सुझाव दिए ।

विषयगत मन्त्रालयलाई ताकेता गर्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन

केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ

विषयगत मन्त्रालयलाई ताकेता गर्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन

देशभर ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Leave a comment

Your email address will not be published. Required fields are marked *