किन पाप पखाल्न आउँदैन पवित्र छायाँनाथमा

मुगु,३२ असार ।

काठमाडौको पशुपतिनाथ, मुस्ताङको मुक्तिनाथ र भारतको केदारनाथसँगैको अर्को नाम हो छायाँनाथ । हिन्दुधर्मका यी महत्वपूर्ण चार धाममध्येको छायाँनाथ भने अरुभन्दा ओझेल परेको छ । नेपालकै दुर्गम मुगु जिल्ला त्यस माथिपनि मुगुको पनि दुर्गम क्षेत्रमा अवस्थित छ छायाँनाथ ।

चारधामका आ–आफ्नै विशेषता छन् । त्यसमध्ये छायाँनाथमा पाप पखालिने विश्वास रहेको पुजारी पूर्णप्रसाद चौलागाईंले बताए । पुजारी चौलागाईंका अनुसार छायाँनाथमा हरेक बर्ष जनैपूर्णिका बेला मन्दिर खुल्ला हुने भएकाले यहाँ निकै ठूलो घुइँचो लाग्ने गर्छ । अरु बेला यो धाम सुनसान हुन्छ । मुगमकार्मारोङ गाउँपालिकाको डोल्पुगाउँको वनक्षेत्रभित्र पर्ने छायाँनाथ तीर्थस्थल समुद्र सतहबाट पाँच हजार मिटरको उचाइमा अवस्थित छ ।

चिसोका कारण पनि डोल्पुगाउँको छायाँनाथ मन्दिरमा अरु बेला भक्तजन पुग्न सक्दैनन् । दुर्गमको छायाँनाथकै प्रतिमा जिल्ला सदरमुकाम गमगढीबाट नजिकै पर्ने चैना गाउँमा मन्दिर बनाएर स्थापना गरिएको छ । नित्य, पूजाआजा सदरमुकामकै चैनागाउँको छायाँनाथ मन्दिरमा हुन्छ । छायाँनाथका बारेमा धार्मिक कथा स्वस्थानीमा समेत उल्लेख रहेको पुजारी चौलागाईंले बताए । उनकै भनाइमा छायाँनाथमै सतीदेवीको अन्तिम अंग नाभी पतन भएको थियो छायाँनाथमा । “अन्तिम अंग यस तीर्थस्थलमा खसेको हुँदा ।

यहाँ पिचाश्वर महादेव उत्पति भएकाले अन्य धाम भन्दा छायाँनाथलाई जेठो धाम भनिन्छ,’’ उनले भने । उनका अनुसार हिन्दु धर्मको मान्यता अनुसार यो तीर्थस्थलमा आई भक्तजनले पिचाश्वर महादेव दर्शन गरेमा आफूबाट भएका पाप पखालिन्छ र मोक्ष प्राप्ति हुन्छ । जब कि मुलुकमा मात्रै नभई विश्वभर नै पाप बढेको छ, पापी बढेका छन् तर पाप पखाल्न कोही छायाँनाथ नपुगेकोमा पुजारी चौलागाईं आश्चर्य प्रकट गर्छन्  ।

‘‘जनैपूर्णिमाका बेला मोक्ष प्राप्तिका लागि जिल्लाभन्दा बाहिर जुम्ला, कालीकोट, दैलेख, जाजरकोट हुम्लाबाट भक्तजन आउँछन्,’’ पुजारी चौलागाईंले भने । यता बौद्धमार्गीको छायाँनाथ तीर्थस्थलमा हिन्दुहरुको जस्तै जनविश्वास छ । बौद्धधर्मका अध्येता लामा, गुरुका अनुसार हरेक वर्ष छायाँनाथको हिमालमा रहेका तीनवटा रंगका अलग टुप्पोमा अवस्थित रंगलाई बौद्धमार्गीले मञ्जुश्री बुद्ध, अबलोकेश्वर बुद्ध र बज्रयन बुद्धको स्वरूप मान्छन् । यीनैलाई बौद्धमार्गीले पूजा गर्छन् ।

नजिकको तीर्थ हेला भनेजस्तै छायाँनाथ पनि छायाँमा परेको सोरु गाउँ पालिका –५का धनकर्ण मल्ल बताउनुहुन्छ । उहाँकै भनाइमा भारत वनारसको काशीमा समेत पहिला छायाँनाथलाई पिण्ड दिएर त्यहाँ पिण्ड चढाइन्छ । पितृसिद्धि पिण्डदानका लागि भारतको काशीमा जाँदा पहिला छायाँनाथलाई पिण्डदान गर्न लगाएर त्यसपछि बल्ल काशी तीर्थलाई पिण्डदान दिएर पुज्न लगाउनु हुन्छ पुजारीले, उनले भने ।

छायाँनाथ मन्दिरका अर्का पुजारी असिने हमालका अनुसार छायाँनाथ तीर्थस्थलको प्रचार नहँुदा कतिपय भक्तजनलाई यहाँको विषयमा जानकारी छैन । ‘‘स्थानीय, प्रदेश र संघीय सरकारबाट मन्दिर र धर्मशालाको निर्माणमा व्यवस्थापन गरेमा यहाँ दर्शनार्थीहरुको घुँइचो लाग्ने थियो,’’ उनले भने ।

यता मुगमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार छायाँनाथ तीर्थस्थलमा दिगो बिकासका लागि डिविजन वन कार्यालयले हरेक बर्षमा पुर्वाधारका संरचना निर्माण गरेको बताएपनि पालिकासँग सहकार्य नगरिदिदाँ योजना निर्माणमा समस्या देखिएको बताए  । छायाँनाथको दिगो विकासका लागि पालिकाले कुनै योजना ल्याउन सकेको छैन ।

छायाँनाथ तीर्थस्थलमा पर्यटन प्रवद्र्धनका लागि प्रदेश र संघीय सांसदले गुरुयोजनाको कार्यक्रममा ध्यान नदिँदा छायाँनाथमा दिगो विकास हुननसकेको नागरिक समाजका संयोजक रुपबहादुर मल्लले बताए ।

स्राेत :  गाेरखापत्र

किन पाप पखाल्न आउँदैन पवित्र छायाँनाथमा

कर्णाली प्रदेश सभाबाट दुईवटा विधेयक पारित

Leave a comment

Your email address will not be published. Required fields are marked *