रोल्पा सिमेन्टका ट्रिपर सञ्चालनमा रोक

सल्यान, २३ जेठ ।
सल्यानको कपुरकोट गाउँपालिकाले कपुरकोटदेखि रोल्पा सिमेन्ट प्रालि सम्मको सडक खण्डमा ट्रिपर सञ्चलनमा रोक लगाको छ । अत्यधिक भार बहन गरेका ट्रिपरका कारण नागरिकको स्वास्थ्य र दैनिक जीवनमा प्रतिकुल प्रभाव परेको भन्दै गाउँपालिकाले ट्रिपर सञ्चालनमा रोक लगाएको हो ।

सरोकारवालावीच छलफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए । गाउँपालिकाको सभाहलमा भएको छलफलमा जनप्रतिनिधी, रोल्पा सिमेन्ट प्रालि, ट्रिपर सञ्चालक, व्यवशायी तथा सास्ती भोग्दै आएका स्थानीयहरुको सहभागीता थियो ।

बैठकमा स्थानीयहरुले दैनिक सयौँ संख्यामा अत्यधिक भार सहित गुड्ने ट्रिपरका कारण सडक निकै जीर्ण भएको, धुलोको कारण वालवालिकाहरु विद्यालय सम्म आउन जान नै नसक्ने गरी समस्या उत्पन्न भएको, पैदल यात्री तथा दुई पांग्रे र साना सवारीसाधनहरुलाई आवतजाववत गर्न कठिन भएको भन्दै पिडा पोखेका थिए ।

स्थानीय पवन कार्कीले भने, ‘ट्रिपरका कारण सडक नजिकका घरहरु भत्कीने अवस्थामा पुगीसकेका छन् । कपडा र भाँडाकुडा धोएर सुकाउन समेत सकिदैन ।

हामीले यती धेरै सास्ती व्यहोर्नुपरेको छ की, त्यो भन्न नै नसकिने अवस्था छ ।’ कपुरकोट स्थित खाली निवासी प्रेम भण्डारीले घर भित्र सुतेको अवस्थामा पनि धुलो खानुपर्ने बाध्यता रहेको सुनाए ।

त्यस्तै स्थानीय कृषक तिलक शर्माले धुलोको कारण तरकारी खेतिमा समेत ठूलो असर पुगेको बताए । उनले भने, ‘अत्यधिक धुलोका कारण तरकारी हुर्कनै मुस्कील छ । उत्पादन भएको तरकारी पनि धुलोको कारण विक्रिका लागि बजार लैजान नसक्ने अवस्थामा हुन्छ ।’

छलफलमा वडा नं ४ का वडा अध्यक्ष मित्र कठायत, वडा नं ३ का वडा अध्यक्ष प्रदिप खड्का, स्थानीयहरु भद्रसिंह बुढा, यम कुमार वस्नेत, सन्तोष बुढाथोकी, प्रकाश घर्ती, रुपक बुढा, कुवेर खत्री, यगराज वली लगायतले सडक मर्मत कार्य पुरा नभएसम्म ट्रिपर सञ्चालनमा रोक लगाउनुको विकल्प नभएको बताएका थिए ।

रोल्पा सिमेन्ट प्रालिका जिएम घनश्याम लाल कर्णले सडक सुधारका लागि आवश्यक पहल गर्ने तर उद्योग नै कठिन अवस्थामा सञ्चालन भइरहेकाले ठूलो योगदान गर्न समस्या रहेको बताएका थिए ।

कपुरकोट गाउँपालिकाले कपुरकोट देखी रोल्पा सिमेन्ट प्रा.लि. सम्मको सडक खण्डमा धुलो र अत्यधिक भार वहन गरेका ट्रिप्परको कारण यस पालिकाको वडा नं. १, २, ३ र ५ का नागरिकको स्वास्थ्य तथा दैनिक जीवनमा पारेको प्रतिकूल असरप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ट्रिप्पर सञ्चालन कार्य बन्द गराउनका लागि सिमेन्ट प्रालिलाई पत्राचार गरेको थियो ।

छलफलमा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले हिउँदमा धुलो र वर्षायाममा ठुला ठुला खाडलसहित हिलोको कारण स्थानीय र यात्रुले हैरानी व्यहोर्नुपरेको र नागरिकस्तरबाट व्यापक जनगुनासो आएकाले बाध्य भएर गाउँपालिकाले ट्रिपर सञ्चालनमा रोक लगाउनुपरेको बताए ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले ट्रिपर सञ्चालनमा रोक लगाउनुपरेको कारण बारे प्रस्ट पार्दै नागरिकहरु वातावरणीय समस्याबाट पिडित भएको हुँदा स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको पक्षमा आफुहरु दह्रोसंग उभिने बताए ।

उनले सिमेन्ट प्रालिका प्रतिनिधीहरुलाई भने, ‘उद्योगले चुनढुंगा उत्खनन् गरेर वाहिर लैजान पाउने, कपुरकोट गाउँपालिकाकै मार्ग प्रायोग गर्ने र आम नागरिकलाई सास्ती दिएर, वातावरणीय प्रभाव पारेर ट्रिपर सञ्चालन गर्न पाउने हो की होइन ?

स्पष्ट आधिकारीक कागजात पालिकामा पेश गर्नुपरयो ।’ समस्या समाधान नभएसम्म ट्रिपर सञ्चालनमा लगाइएको रोक फिर्ता नहुने जनाउँदै उनले गाउँपालिका कानुनी लडाइमा लागिसकेको र आफु सामाजिक तथा भौतिक लडाइका लागि समेत तयार रहेको चेतावनी दिए ।

रोल्पा सिमेन्टका ट्रिपर सञ्चालनमा रोक

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय फिर्ता

रोल्पा सिमेन्टका ट्रिपर सञ्चालनमा रोक

करणी मुद्दामा प्रतिवादी पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *