नलगाडको एक विद्यालय तोडफोड, संग्लन दुई जना पक्राउ

दिपेन्द्न शर्मा

जाजरकोट २१ जेठ ।

एक सामुदायिक विद्यालयमा तोडफोड भएको छ । नलगाड नगरपालिका –५ रघुनाथ सेराखेत स्थित श्री जनकल्याण आधारभूत विद्यालयमा गत १८ गते राति तोडफोड भएको हो ।

तोडफोडमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । पक्राउ पर्नेमा नलगाड नगरपालिका –५ रघुनाथ बस्ने २० वर्षिय जनक ओली र सोहि ठाउँका २१ वर्षिय बिनोद खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट प्रहरी निरीक्षक अर्जुनसिंह साउदको कमाण्डमा खटिएको प्रहरी टोलिले उनिहरुकै घरमा लुकिछिपि बसेको अबस्थामा फेला पारी पक्राउ गरि उनिहरु विरुद्ध जिल्ला अदालतबाट अपराधिक उपद्रव सम्बन्धि कसुरमा ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको समेत प्रहरी निरीक्षक पन्तले बताए ।

उता विद्यालय स्रोतका अनुसार तोडफोडबाट विद्यालयको करिब ८ देखि १० लाख बराबरको क्षति भएको विद्यालयका शिक्षक मदन रावलले बताए ।

उनिहरुले विद्यालय कार्यालयको ढोका फोडी कोठाभित्र रहेका कम्प्युटर,कुर्चि,टेबुल लगायतका समानहरु तोडफोड गरि क्षति पु¥याएका छन् ।

नलगाडको एक विद्यालय तोडफोड, संग्लन दुई जना पक्राउ

अर्गानिक कर्णालीमा : रासायनिक मल अभावले किसान

नलगाडको एक विद्यालय तोडफोड, संग्लन दुई जना पक्राउ

बौद्ध ग्रामीणको बि.जि. एकेडेमी स्कुल उद्घाटन

Leave a comment

Your email address will not be published. Required fields are marked *