कुमाखबाट एसइइमा ६०७ जना विद्यार्थी सहभागी

बसन्त कुमार शर्मा
सल्यान, ९ बैशाख ।
शुक्रबारदेखि एकै साथ देशभरी एसइइ परीक्षा संचालन भैइरहेको छ । राष्ट्रिय परिक्षा बोर्डको परिक्षा समयतालिका अनुसार कुमाख गाउँ पालिकाको जनता माध्यमिक विद्यालय रागेचौर केन्द्रमा ६ वटा विद्यालयका जम्मा २४० विद्यार्थी सहभागी भएका छन् ।
परीक्षा भए रहित, शान्त वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण अभिभावक, विद्यार्थी, निरीक्षकले अपिल गर्नुका साथै केन्द्रमा सम्पूर्ण तयारी शान्त र विद्यार्थीको बसाइ परीक्षाको वातावरण सौहार्द वातावरणमा परीक्षा सञ्चालन भैई र परीक्षालाई अमर्यादित बनाउने कुनै पनि काम नगर्न र नगराउन केन्द्राध्यक्ष गोरख बहादुर बुढाथोकीले जानकारी दिनुभएको छ ।
परीक्षा अबधि भर ढुक्कसँग परीक्षा सञ्चालन हुने भएकोले परीक्षा केन्द्रको ५० मिटर टाढा मात्र बसिदिन हो–हल्ला नगरी दिन बिनम्र अनुरोध गरेको प्रहरी नायव निरीक्षक ऋृषि राम दाहालले जानकारी दिनुभयो ।
साधारण तर्फ र प्राबिधिक धारमा कुमाख गाउँपालिका ११ ओटा विद्यालयका ६०७ जना विद्यार्थी परीक्षामा सहभागी भएको कुमाख गाउँपालिका युवा शिक्षा शाखा प्रमुख दिपक कुमार चन्दले जानकारी दिनुभएको छ ।








