कछुवा गतिमा निर्माण हुँदै मार्तडीे–कोल्टी सडक

बाजुरा, १३ फागुन ।
बाजुराको मार्तडी–कोल्टी सडक निर्माण कार्य सुरु भएको झण्डै २२ वर्ष पुगेको छ । २०५६ साल फागुनबाट निर्माण कार्य सुरु गरिएको सो सडक अझै सम्पन्न हुन सकेको छैन ।

लामो समयदेखि सडकको स्तरोन्नति नुहँदा जिल्लाको पूर्विउत्तर क्षेत्रका स्थानीयवासीलाई वर्खाको झरी र हिउँदको हिमपातले सधै बाटो अवरुद्ध हुँदा मार्तडी आउजाउ गर्न निकै सास्ती खेप्दै आउनुपरेको छ ।

केही वर्ष यता सडक डिभिजन कार्यालय अछामले मार्तडी–कोल्टीसम्मको कच्ची सडक निर्माण कार्य सम्पन्न गर्दै सो सडकमा छोटो दुरीका सवारीसाधन सञ्चालनमा ल्याएको भएपनि पक्की सडकमा आउजाउ गर्न भने पुर्विउत्तर क्षेत्रका स्थानीयवासीको सपना अझै पूरा हुन सकेको छैन ।

मार्तडीदेखि कोल्टीसम्म सुचारु हुँदैआएका छोटो दुरीका सवारी साधनले केही सहज बनाए पनि वर्खाको समय सधै बाटो अवरुद्ध बन्दै हुनेभएकाले स्थानीयहरु सदरमुकाम मार्तडी सम्म आउजाउ गर्न सास्ती खेप्दैआएको बूढीनन्दा नगरपालिका स्थानीय रामबहाुदर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समयमै सडकको स्तरोन्नत नहँुदा जिल्लाको पूर्विउत्तर क्षेत्रका स्थानीयवासीको वर्खाको समय सधै खाद्यान्न सङ्कट हुँदैआएको छ ।’ बाढीपहिरोका कारण मार्तडीदेखि कोल्टीसम्मको बाटो अवरुद्ध हुँदा यहाँका स्थानीय व्यापारीले वर्खामा दैनिक उपभोग्य सामान ढुवानी गर्न नसकेपछि खाद्यान्न सङ्कट व्यहोर्नु परेको बोहराले बताउनुभयो ।

२०७६ सालमा मार्तडी–कोल्टी सडकलाई कालोपत्रे गर्न दुई वटा कम्पनीले ठेक्का पाएको थियो । मार्तडी बसपार्कदेखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोड रुपियाँमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौंले जिम्मा लिएको थियो ।

त्यसैगरी चुथीदेखि ढम्कनेसम्मको झण्डै ६ किलोमिटर र ढम्कनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनीया कोटेश्वर जे.बि प्रालि. हेटौडाले ६२ करोड रुपियाँमा ठेक्का लिएको पुर्वाधार विकास कार्यालय अछामका बाजुरा इन्चार्ज लालबहादुर धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि. काठमाडौं मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको समय २०७९ असार मसान्त सम्म छ ।’ यता चुथीदेखि ढम्कनेसम्मको ६ किलोमिटर सडकको कालोपत्रे काम २०७८ असारमै समाप्त गर्छु भनेर ठेका लिएका यज्ञ शाहीले तोकेको समयमा काम सम्पन्न गर्न नसकेपछि फेरि २०७८ चैत सम्म म्याद थप गरिएको छ ।

ढम्कनेदेखि कोल्टीसम्मको सडक कालोपत्रे गर्ने समय भने २०८१ सम्म रहेको पुर्वाधार विकास कार्यालय अछामका बाजुरा इन्चार्ज धामीले बताउनुभयो ।

ठेकदारको लापर्बाहीले मार्तडीदेखि कोल्टी सडकको कालोपत्रे गर्ने काममा ढिलाइ भएको स्थानीयको गुनासो छ । मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्न झण्डै ८५ करोडमा ठेक्का लिने दुई कम्पनीले झण्डै २३ करोड रुपियाँ पहिलो किस्ता बापत भुक्तानी लिएका छन् ।

काम सुरु गरेको दुई वर्ष भयो, यो दुई वर्षमा कोरोना कहर र अविरल वर्षाका कारण बाटो बन्द हुँदा सामान ढुवानी गर्न नसकेपछि कालोपत्रेको काममा ढिलाई भएको धुलिखेल ग्याल्भा श्याम एण्ड शङ्कर प्रालिका प्रतिनिधि दिपेन्द्र शाहीले बताउनुभयो ।

बाक्लो हिम्पातका कारण बाटो अवरुद्ध भएपछि काम अवरुद्ध भएको बानीयाँ कोेटेश्वर जे.बि हेटौडा प्रालिका प्रतिनिधि विष्णु रावतले बताउनुभयो ।

मार्तडीको बसपार्कदेखि चुथीसम्मको ९ किलोमिटर कालोपत्रे गर्नका लागि ठेकेदार पदम खड्का, चुथीदेखि ढम्कनेसम्मको ६ किलोमिटर सडक कालोपत्रे गर्न यज्ञ शाही र ढम्कनेदेखि कोल्टीसम्मको २६ किलो मिटर सडक कालोपत्रे गर्न ठेकेदार इन्द्र बानीयाँले जिम्मा लिएको स्थानीयले बताएका छन् ।

कछुवा गतिमा निर्माण हुँदै मार्तडीे–कोल्टी सडक

पक्राउ परेनन् बलात्कार आरोपित सांसद बानियाँ

कछुवा गतिमा निर्माण हुँदै मार्तडीे–कोल्टी सडक

बुलबुलेमा भेटियाे ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर

Leave a comment

Your email address will not be published. Required fields are marked *