कालिमाटी सल्यानमा चौथो अध्यक्ष कप भलिबल

दिलिप ढकाल
गुर्भाकोट, ११ फागुन ।
कालिमाटी गाउँपालिका शिक्षा शाखाको आयोजनामा वडा नम्बर ३ को कछुवा दहमा चौंथो अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भयको छ । यहि माघ ८ गते आइतबारदेखि सुरु भएको अध्यक्ष कप भलिबल प्रतियोगिता १० गते मंगलबार सम्पन्न भयको हो ।
उक्त भलिबल प्रतियोगितामा कालिमाटी गाउँपालिकाका ७ वटै वडाका १३ वटा टिम सहभागी भएका थिए । प्रतियोगितामा सहभागी टिम मध्ये प्रथम हुने टिमलाई रु. ४०,००० दोस्रो हुने लाई ३५,००० तेस्रो हुनेलाई २५,००० र सान्तवना हुनेलाई १५ हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
गाउँपालिका अध्यक्ष दान बहादुर केसीको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्री, उपाध्यक्ष सहनशीलता ओली, सम्पूर्ण शाखाका कार्यालय प्रमुख तथा सम्पूर्ण वडाका वडा अध्यक्षहरुको सहभागितामा उक्त भलिबल प्रतियोगिता सम्पन्न भएको कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिनुभएको छ ।








