कोहलपुर प्रहरीमा थन्कियो कर्णाली प्रदेशको भिआइपी गाडी

सुर्खेत, ११ फागुन ।
कोहलपुर–जमुनाहा सडक खण्डको फोरलेन सडक । सडकसँगै जोडिएको छ, इलाका प्रहरी कार्यालय कोहलपुर । विभिन्न मुद्दा मामिलाका लागि प्रहरी कार्यालयमा पुग्ने सेवाग्राहीको भीडभाड उस्तै हुन्छ ।

प्रहरी कार्यालयभित्र प्रवेश गर्दा गेटको दायाँतिर पार्किङ्ग गरिएको सेतो नम्बर प्लेटको गाडीमा जो कोहीको फ्याट्ट आँखा पर्छ । ध्यान दिएर हेर्ने हो भने गाडीको अगाडीको भाग केही टुटेको केही फुटेको देखिन्छ । तर, जो कोहीले ध्यान दिँदैनन् ।

धेरैलाई सरकारी गाडी प्रहरी कार्यालयमा थन्किएको होला भन्ने नै लाग्दैन । सेतो प्लेटको गाडी काम विशेषले आएको धेरैको अनुमान हुन्छ । गाडीमा धेरैको नजर पर्छ, तर, सरकारी गाडी लामो समयदेखि त्यहाँ थन्किएको कसैलाई पत्तो हुँदैन ।

गाडीको दायाँबायाँ र पछाडी भागमा कतै स्क्र्याच (दाग) सम्म लागेको छैन । अगाडीको भाग केही टुटेको छ । यद्यपी गाडी अहिले पनि चल्ने अवस्थामै छ । तर, दुर्घटना भएपछि कर्णाली प्रदेश उधाेग पर्यटन बन तथा वातावरण मन्त्रालयकाे भिअाइपी  गाडी मर्मत गरेर चलाउनेतर्फ ध्यान दिएको छैन । यसले सरकार सम्पत्तिको कसरी दोहनको हुन्छ भन्ने कुरालाई पुष्टि गर्छ ।

‘एक महिना भइसक्यो, मन्त्रालयले गाडीका विषयमा चासो नै देखाएको छैन,’ इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले बताए । उनका अनुसार कर्णाली प्रदेशको बन मन्त्रालयको भिअाइपी चढ्ने गाडी एक महिनादेखि इलाका प्रहरी कार्यालय कोहलपुरमा थन्किएको छ ।

कर्णाली प्रदेश ०२–००१ झ ००७८ नम्बरको गाडी माघ ७ गते दुर्घटनामा परेपछि कोहलपुरमै थन्किएको हो । उक्त गाडीले बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँमा भे ८ प ७०९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट बैजनाथ गाउँपालिका–५ का २६ बर्षिय नबिन पुन मगर घाइते भए ।

घाइतेलाई तत्काल प्रहरीले उद्दार गरी नेपालगन्ज मेडिकल कजेल शिक्षण अस्पताल कोहलपुर पुरयायो भने गाडी घटनास्थलबाट कोहलपुर प्रहरीले माघ ७ गते नै नियन्त्रणमा लियो । उक्त गाडी वीरेन्द्रनगर नगरपालिका सुर्खेतका २३ बर्षिय हरि गौतमले चलाएका थिए । राम्रो कण्डिसनमै रहेको गाडी प्रहरी कार्यालयमै थन्किँदा राज्यकोषको दोहन भएको छ ।

टाटा कम्पनीको स्ट्रोम नामको गाडी नेपाली बजारमा ६० लाखसम्म मूल्य पर्छ । प्रदेश मन्त्रालयका एक जना कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘गाडी थन्किएको एक महिना भइसक्यो, माथिल्लो तहका हाकिमलाई नै गाडी मर्मत गर्न चासो छैन, तल्लो तहका कर्मचारीले गाडी मर्मत गर्न चासो राखेर के अर्थ ?’

मन्त्रालयमा गाडी अभाव भए पनि सामान्य खर्चमा मर्मत गर्न सकिने गाडी कोहलपुरमा थन्किँदा लाखौंको सम्पत्ति बेकामे बनेको ती कर्मचारीले बताए ।

उनले भने, ‘दुर्घटनामा भएको क्षति के–कति हो त्यसको व्यवस्थापन गरेर गाडी तत्काल मर्मत गर्नुपर्छ । गाडी अझै पनि मर्मत नगर्ने हो भने इन्जिनमा खिया लागेर नष्ट हुने खतरा छ ।’ मर्मतका लागि गाडीको वीमा होला, बिमाबाट भएपनि प्रकृया बढाउनुपर्नेमा ढिलाई भएको छ ।

कर्णाली प्रदेश बन मन्त्रालयको गैरजिम्मेवारीपना र बेवास्ताका कारण सामान्य मर्मतले सञ्चालन हुन सक्ने अवस्थामा रहेको गाडी दुर्घटनापछि थन्क्याउँदा नयाँ सवारी खरिदमा लाखौं खर्च हुने गरेको छ । यसले एकातिर राज्य कोषको चरम दुरुपयोग बढाएको छ भने अर्कोतिर सरकारी सम्पत्ती खेर गइरहेको छ ।

कोहलपुर प्रहरीमा थन्कियो कर्णाली प्रदेशको भिआइपी गाडी

एमयूको एकीकृत कार्ययोजना मुख्यमन्त्रीलाई

कोहलपुर प्रहरीमा थन्कियो कर्णाली प्रदेशको भिआइपी गाडी

कर्णालीमा प्रशोधन नहुँदा बहुमूल्य जडिबुटी कौडिको भाउ

Leave a comment

Your email address will not be published. Required fields are marked *