एमयूको एकीकृत कार्ययोजना मुख्यमन्त्रीलाई

सुर्खेत, ११ फागुन ।
मध्यपश्चिम विश्वविद्यालयको अल्पकालिन तथा दिर्घकालिन कार्ययोजना–पत्र प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही समक्ष कार्ययोजना प्रस्तुति गरिएको हो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले विश्वविद्यालयको एकीकृत योजना तथा लक्ष्य, उद्देश्यसहितको पेपर प्रस्तुत गर्नुभएको थियो ।

उपकुलपतिले विश्वविद्यालयलाई कस्तो बनाउने भन्ने बारे वास्तविकतामा आधारित आफ्नो कार्ययोजना प्रस्तुत गर्नुका साथै हालसम्म विश्वविद्यालयमा भएका उल्लेखनीय कार्यहरु प्रस्तुत गर्नुभएको थियो ।

विश्वविद्यालयलाई एक्काईसौं शताब्दी सुहाउँदो नमुना विश्वविद्यालय बनाउने योजनामा प्रदेश सरकारको साथ–सहयोग र सहकार्यका लागि अपिल गर्नुभएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री शाहीले विश्वविद्यालयले गरेका सुधारात्मक कार्यहरु तथा एकिकृत योजनाको प्रशंसा गर्नुका साथै कर्णाली प्रदेश सरकारका तर्फबाट नीतिगत रुपमानै सहकार्य गर्नका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव राज कुमार श्रेष्ठ, सचिव आनन्द सारु, उपकुलपति सचिवालयका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

एमयूको एकीकृत कार्ययोजना मुख्यमन्त्रीलाई

एमाले पूर्व जिल्ला अध्यक्ष दलबल सहित एकीकृत

एमयूको एकीकृत कार्ययोजना मुख्यमन्त्रीलाई

कोहलपुर प्रहरीमा थन्कियो कर्णाली प्रदेशको भिआइपी गाडी

Leave a comment

Your email address will not be published. Required fields are marked *