भेरीगंगाबाट अवैध काठ बरामद
सुर्खेत, ८ फागुन ।
भेरीगंगा नगरपालिका वडा नं. २ मुलपानी स्थित केराबारीबाट अवैध काठ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट नियमित गस्तिमा खटिएको प्रहरी टोलीले अवैध काठ बरामद गरेको हो ।
चिरान भएको काठ २३.८६ क्यूफिट, ३ वटा नचिरेको गोलिया ६४.२० क्यूफिट गरी जम्मा ८८.०६ क्यूफिट निम्न नापतौल भएका साल जातका काठहरु बरामद गरिएको हो । बरामद काठ सव डिभिजन वन कार्यालय छिन्चुलाई बुझाईएको कर्णाली प्रदेश प्रहरी कार्यालय सूचना शाखाले जानकारी दिएको छ ।






