एमसीसीको विरोधमा नेपाल बन्दको घोषणा

सुर्खेत, ३ फागुन ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा भोली नेपाल बन्द हुने भएको छ । विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा बुधबार नेपाल बन्द गर्ने भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी सहित पाँच वटा राजनीतिक दल र एक मोर्चाले बन्द आह्वान गरेका हुन् ।

राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको बेला यसको विरोधमा बन्द आह्वान गरिएको नेता सीपी गजुरेलले बताउनुभयो । मोहन बैद्य निकट नेकपा क्रान्तकारी माओवादी सुर्खेतका नेता चक्रपाणी शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै फागुन ४ गतेको नेपाल बन्दलाई सफल पार्न आव्हान गर्नुभएको छ ।

उहाँ लेख्नुहुन्छ ‘एमसीसीका विरुद्ध भोली फागुन ४ गते, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी लगायत ५ पार्टी र १ मोर्चाको नेपाल बन्द हुदैछ, सम्पूर्ण कर्णालीवासी र कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहनुहुने तपाईं तमाम प्रगतिशिल देशभक्त, राष्ट्रवादी शक्ति, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मी, व्यापारी, किसान, मजदुर, महिला, विद्यार्थी, युवा तथा तमाम नेपाली दाजुभाई र दिदी बहिनीहरुमा बन्द सफल पार्न सकारात्मक सहयोग गरिदिनहुन अनुरोध छ साथै आज साँझ देशब्यापी मसाल जुलुस हुने हँुदा वीरेन्द्रनगरमा पनि आफ्नो उपस्थिति जनाउनहुन प्रगतिशिल राष्ट्रवादी शक्तिहरुलाई आग्रह छ ।’ नेकपा क्रान्तिकारी माओवादी, कर्णाली प्रदेश, सुर्खेत

एमसीसीको विरोधमा नेपाल बन्दको घोषणा

समाजवादी निकट कर्णालीका युवाहरु कुपिण्डेमा, एमसीसी रोक्न

एमसीसीको विरोधमा नेपाल बन्दको घोषणा

एक अर्ब बढीको बहुमुल्य युरेनियमसहित आठ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds