समाजवादी निकट कर्णालीका युवाहरु कुपिण्डेमा, एमसीसी रोक्न नेतृत्वलाई खबरदारी

दुर्गा विसी
सल्लीबजार, ३ फागुन ।
नेकपा एकीकृत समाजवादी निकट कर्णाली प्रदेशका युवाहरु कुपिण्डे तालमा भेला भएका छन् । संसदमा पेश गर्ने तयारी गरिएको एमसीसीको विरुद्धमा कडा प्रतिवाद गर्ने, स्थानीय तह निर्वाचन लक्षित युवा संघको भूमिका बृद्ध गर्ने लक्ष्यसहित भेला गरिएको हो ।

राष्ट्रिय चर्चाको विषय बनेको एमसीसी राष्ट्रिय हितमा नभएकाले त्यसलाई रोक्न पार्टी नेतृत्वलाई खबरदारी गर्ने भेलाबाट निष्कर्श निकालिएको छ । युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीको पूर्ण बैठक कुपिण्डे तालमा सम्पन्न भएको छ ।

प्रदेश पदाधिकारी तथा केन्द्रिय सदस्य लगायतको उपस्थिति रहेको थियोे । बनगाड कुपिण्डेको वडा नं ८ मा रहेको उक्त कुपिण्डे ताल प्रचार–प्रसारको लागि आयोजित बैंठकद्वारा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले १० प्रमुख एजेण्डाका विषयमा छलफल गरेको छ ।

१० जिल्लाको युवा संघको वर्तमान अवस्थाको रिपोर्टिङ, एमसिसिका विषय जस्ता कुरामा घनिभुत छलफल गरी निर्णय गरिएको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उप–महासचिव प्रकाश ज्वाला, कर्णाली प्रदेश सदस्य तथा केन्द्रीय सदस्य अम्बरवहादुर थापा, सुर्खेत पार्टी अध्यक्ष मोहन वडुवाल लगायका नेताहरुको उपस्थिति रहेको थियोे । उक्त बैठकमा नेताहरुले सम्वोधन गर्नुभएको थियो ।

युवा संघले यात्रा सम्वृद्धिको लक्ष्य समाजवादको मुल मन्त्र लिएर अघि बढ्न युवाहरूलाई नेता ज्वालाको भनाई रहेको थियोे । “प्रम्परागत राजनीति, संस्कृतिक अवशेषहरु अझै बाँकी रहेकाले निम्ट्यान पार्नु आजको आवश्यकता हो ।

एकीकृत समाजवादीको विचार, सिद्धान्त, निष्ठा, लक्ष्य र नीति किलेर छ । त्यसैले अझै दलाल पँुजिवाद हावी छ । दलाल पुँजिवादलाई परास्त नभएसम्म अझै समाजवाद असम्भव छ ।’’

उपमहासचिव ज्वालाले गफले चिउरा नभिज्ने, चिउरा भिज्नलाई दहि नै चाहिन्छ । त्यसैले गफ भन्दा जनतासामु काम गर्नुपर्ने बताउनुभयो । एस म्यानको जस्तै पार्टी नभएर निति र पद्धतिबाट सञ्चालित पार्टी नै एकीकृत समाजवादी पार्टीको जन्म भएको जनाइएको छ ।

केपि ओलीका गतिविधिका कारण हामीले बिद्रोह गरेको उहाँको भनाई । पार्टी बलियो हुनका लागि सबै जनवर्गीय संगठन बलियो हुनुपर्ने उहाँको धारणा थियो ।

युवा संघ नेपालका प्रदेश कमिटी अध्यक्ष अनिल वोगटिको अध्यक्षतामा भएको भेलामा युवा संघ नेपालका केन्द्रीय सदस्य, पार्टीका नेताहरु, प्रदेश कमिटी पदाधिकारीहरुले धारणा राखेको युवा संघ जिल्ला अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य न्युटन श्रेष्ठले वताउनुभयो ।

कुपिण्डे तालमा आयोजित प्रदेश बैठकले विभिन्न १० एजेण्डामा छलफल गरेको छ । एमसिसि राष्ट्रघाति हो यसलाई कुनै पनि हालतमा पास नगर्न युवा संघले पार्टी नेतृवलाई आह्वान समेत गरेको छ ।

समाजवादी निकट कर्णालीका युवाहरु कुपिण्डेमा, एमसीसी रोक्न नेतृत्वलाई खबरदारी

दैलेखमा २६ लाख वढीको गरगहना सहति पक्राउ

समाजवादी निकट कर्णालीका युवाहरु कुपिण्डेमा, एमसीसी रोक्न नेतृत्वलाई खबरदारी

एमसीसीको विरोधमा नेपाल बन्दको घोषणा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds