दैलेखमा २६ लाख वढीको गरगहना सहति पक्राउ

सुर्खेत,३ फागुन ।
प्रहरीले २६ लाखको चाँदी जस्तो देखिने गरगहनासहित दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ । घर कैलाली भएका तर हाल तुलसीपुर उपमहानगरपालिका-१७ दाङका डम्बरप्रसाद ढुंगाना र सवारी चालक वीरेन्द्ननगर नगरपालिका-४ एरिचौक बस्ने २६ वर्षीय दिपक पाण्डे लाई दैलेख प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा सुर्खेत दैलेख सडक खण्डको चुप्रा नजिकैबाट उनीहरूलाई पक्राउ गरेका हुन् । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ च ३२१३ नम्वरको डवल क्याप बोलेरोमा अवैध सामानहरु ल्याएको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वर शाहले जानकारी दिए ।
शाहका अनुसार चाँदी जस्तो देखिने वस्तुवाट बनेका विभिन्न गहनाहरु २१.७२५ किलोग्राम अन्दाजी २४ लाख ७६ हजार ६५० र पोते, पत्थरहरु, गहना राख्न प्रयोग हुने डिव्वाहरु लगायतका अन्दाजी एक लाख ६३ हजार ४८९ मुल्य बराबरको अबैध सामानहरु बरामद गरिएको हो ।
सामानसँग सम्बन्धी कुनै विल र प्रमाणहरू नभएपछि अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको छ ।






