तुलसीपुरमा आगलागीबाट मृत्यु भएका दुई जनाको सुर्खेतमा अन्त्यष्टी

सुर्खेत, २९ माघ ।
तुलसीपुरको एक घरमा शुक्रबार विहान भएको आगलागीबाट निसास्सिएर पाँच जनाको मृत्यु भएको थियो । मृत्यु भएका सुर्खेतका दुई जना बालकको शनिबार मुस्लिम धर्म संस्कार अनुसार अन्त्यष्टि गरिने भएको छ । सुर्खेत वीरेन्द्रनगर–१० निवासी हुसेन बक्स तुल्लसीपुरमा फेन्सी तथा कस्मेटिक पसल गर्दै आएका आउनुभएको थियो । शुक्रबार तुलसीपुरमा भएकाे अागलागीमा परी उहाँले दुइ छाेरा गुमाउनुभएकाे छ ।वीरेन्द्रनगर–१० पिपिरा निवासी हुसेन बक्सका दुई छोरा १६ बर्षिया मोसम बक्स र १४ बर्षिय हसन बक्सको अागाेलागीमा परी मृत्यु भएकाे थियाे । मृतक दुवै जनाकाे शव शुक्रबार राती घरमा पुराइएकाे थियाे । शनिबार दुवै जनाकाे शव सुर्खेतमा अन्त्यष्टि गरिएको हो ।

मृत्यु हुने अन्यमा तुलसीपुर–उपमहानगरपालिका–५ का १४ वर्षीया साजिता खातुन, ४० वर्षिय नअरदिन अली र ६ वर्षिय आविददिन अलि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । तुलसीपुर–५ ‘ङ’ लाइनस्थित चप्पल गोदाममा शुक्रबार बिहान २ बजे आगलागी भएको हो । आगलागीलगत्तै उद्धार गरिएता पनि आगो नियन्त्रण बाहिर गएकाले निसास्सिएर मृत्यु भएको हो । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । तीमध्ये घरको तेस्रो तलाबाट तीन र चौथो तलाबाट दुई जनालाई निकालिएको हो ।

पाँचै जनाको निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ । इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको थियो । विद्युतको मिटर पड्किँदा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । पहिलो तलाबाट आगलागी सुरु भएको र तेस्रो तला तथा दोस्रो तलामा सुतेका उनीहरुलाई आगो नियन्त्रणभन्दा बाहिर गएकाले उद्धार गर्न नसकेको बताइएको हो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी, जनप्रतिनधिलगायत रातिदेखि उद्धारमा खटिए पनि आगो नियन्त्रण आउन नसक्दा मानवीय क्षति हुन पुगेको हो । यसैबीच पाँच जनाको निसास्सिएर मृत्यु भएपछि तुलसीपुर बजार शोकमा डुबेको छ । तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रबार शोकमा एक दिन बजार बन्द गरेको संघका महासचिव विनिल केसीले जानकारी दिए ।

तुलसीपुरमा आगलागीबाट मृत्यु भएका दुई जनाको सुर्खेतमा अन्त्यष्टी

घरजग्गामा ‘दलाल राज’ : ६ करोडको जग्गा

तुलसीपुरमा आगलागीबाट मृत्यु भएका दुई जनाको सुर्खेतमा अन्त्यष्टी

निर्वाचनलाई १ लाख १८ हजार म्यादी प्रहरी

Leave a comment

Your email address will not be published. Required fields are marked *