टेकु अस्पतालमा निस्शुल्क इमरजेन्सी उपचार सेवा सुरु

काठमाडौं : टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले इमरजेन्सी सेवा निस्शुल्क उपलव्ध गराउन थालेको छ । चौविसै घण्टा इमरजेन्सी सेवा निस्शुल्क गरेको अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले बताए।
निस्शुल्क इमजेन्सी सेवामा अत्यावश्यक औषधि र अत्यावश्यक प्रयोगशाला परीक्षण समेत समेटिएको छ । सरकारले २०७७ सालमा १५ वटा संघीय अस्पतालबाट गरिब तथा असाहयलाई आकस्मिक सेवा निस्शुल्क दिने घोषणा गरेको थियो। त्यसको कार्यविधि बनेर घोषणा समेत भइसकेको छ ।
यस्तै हाल टेकु अस्पतालमा सर्वसाधारणका लागि हरेक दिन विहान ८ देखि अपरान्ह ४ बजेसम्म कोभिडविरुद्धको भेरोसेल र एस्ट्राजेनिका खोप दिने व्यवस्था मिलाइएको छ ।






