बाल यौन दुर्व्यवहार अभियोगमा एकजना पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ का २८ वर्षीय विष्णु आचार्य रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार आचार्यले गत मङ्सिर ६ गते १३ वर्षीया बालिकालाई एकान्तमा लगेर अश्लील भिडियो देखाउँदै यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

घटनाबारे पीडित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएपछि आचार्यलाई सोही दिन नै पक्राउ गरेको प्रहरीले बताएको छ। उनीउपर मङ्गलबार बाल यौन दुर्व्यवहारसम्बन्धी शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।

बाल यौन दुर्व्यवहार अभियोगमा एकजना पक्राउ

१ सय ५० करोड पारिश्रमिक लिँदै प्रभास

Leave a comment

Your email address will not be published. Required fields are marked *