१ सय ५० करोड पारिश्रमिक लिँदै प्रभास बने भारतका सर्वाधिक महँगा अभिनेता

‘बाहुबली’ पछि तेलुगु अभिनेता प्रभासको लोकप्रियता दक्षिण भारतमा मात्र नभएर भारतभर र विदेशमा पनि बढ्यो। उनलाई भारतका सबैभन्दा ठूला स्टारको रूपमा गन्न थालियो।

सन् २००२ मा तेलुगु फिल्म ‘एस्वार’बाट फिल्म क्षेत्रमा प्रवेश गरेका प्रभासले दश वर्षमा एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरे। २०१५ देखियता भने उनका मात्र तीन फिल्म प्रदर्शनमा आए। ती हुन् ‘बाहुबली’, ‘बाहुबली २’ र ‘साहो’।

‘​बाहुबली’ सिरिजका दुवै फिल्मले ऐतिहासिक सफलता हात पारे। त्यसैबाट प्रभासको स्टारडम पनि आकाशियो। ‘साहो’ले अपेक्षित प्रदर्शन गर्न सकेन तर त्यसले प्रभासको करिअर र लोकप्रियतामा कुनै असर पारेन।

अब भने प्रभास भारतका सबैभन्दा महँगा अभिनेता बनेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नो पछिल्लो फिल्मका लागि १ सय ५० करोड पारिश्रमिक लिने गरी सम्झौता गरेका छन्। जुन भारतीय फिल्मको इतिहासमै कुनै कलाकारलाई दिन लागिएको सबैभन्दा महँगो पारिश्रमिक हो।

यतिवेला ‘आदिपुरुष’को छायांकनमा व्यस्त प्रभासले ‘कबिर सिंह’ निर्देशक सन्दीप रेड्डी भाङ्गाको नयाँ फिल्म ‘स्प्रिट’का लागि उक्त सम्झौता गरेका हुन्।

महामारीले थलिएको फिल्म क्षेत्रलाई नयाँ गति दिन निर्माता भूषण कुमार ठूला ठूला लगानीका फिल्म निर्माणको घोषणा गरिरहेका छन्। भारतमा सबैभन्दा लोकप्रिय अभिनेता खोज्ने क्रममा उनको नजरमा प्रभास परेका हुन्।

प्रभासका अन्य फिल्म ‘राधे श्याम’ र ‘आदिपुरुष’का निर्माता पनि भूषण कुमार नै हुन्। ‘स्प्रिट’ प्रभाससँग भूषण कुमारको सहकार्य रहेको तेस्रो फिल्म हुनेछ।

प्रभासको ‘राधे श्याम’ २०२२ जनवरी १४ तारिखमा प्रदर्शन हुँदै छ भने ‘आदिपुरुष’ र ‘सलार’ निर्माणका क्रममा छन्।

१ सय ५० करोड पारिश्रमिक लिँदै प्रभास बने भारतका सर्वाधिक महँगा अभिनेता

बाल यौन दुर्व्यवहार अभियोगमा एकजना पक्राउ

१ सय ५० करोड पारिश्रमिक लिँदै प्रभास बने भारतका सर्वाधिक महँगा अभिनेता

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *