प्रधानन्यायाधीशको राजीनामा माग्दै सुदूरपश्चिममा पनि कानुन व्यवसायीको प्रदर्शन

धनगढी : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सुदूरपश्चिम प्रदेशमा कानुन व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।

सुदूरपश्चिमका ९ जिल्लाका जिल्ला अदालत बार एशोसिएसन र २ वटा उच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।

कैलाली जिल्ला अदालत बार एशोसिएसनको अगुवाइमा जिल्ला अदालत कैलालीमा पनि कानुन व्यवसायीले एक घण्टा धर्ना दिएका छन् ।

जिल्ला बार एशोसिएशनका अध्यक्ष सिद्धराज ओझाले न्यायपालिकाको सुदृढीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एशोसिएसन केन्द्रीय समितिले गरिरहेको विरोधका कार्यक्रममा आफूहरुले ऐक्यबद्धता जनाएको बताए ।

ओझाले अगामी कात्तिक ३० गतेसम्म दैनिक एक÷एक घण्टा धर्ना दिने पनि बताए ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै सुदूरपश्चिममा पनि कानुन व्यवसायीको प्रदर्शन

मूल्यवृद्धिको विरोधमा ग्यास सिलिण्डरसहित प्रदर्शन

प्रधानन्यायाधीशको राजीनामा माग्दै सुदूरपश्चिममा पनि कानुन व्यवसायीको प्रदर्शन

इक्वेडरको जेलमा कैदीहरुबीच झडप स् कम्तीमा ६८

Leave a comment

Your email address will not be published. Required fields are marked *