भेरी अस्पतालमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु

नेपालगन्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको  मृत्यु भएको छ ।

दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार यही कात्तिक २५ गते पिसीआर गर्दा सङ्क्रमण पुष्टि भएपछि उनीलाई अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

यसैगरी कैलाली लम्कीचुहा नगरपालिका–५ निवासी ७७ वर्षीय पुरुष र दाङ निवासी ४५ वर्षीया महिलाको शनिबार नै कोरोनाबाट निधन भएको थियो ।

यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ४३१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

भेरी अस्पतालमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे

भेरी अस्पतालमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु

मूल्यवृद्धिको विरोधमा ग्यास सिलिण्डरसहित प्रदर्शन

Leave a comment

Your email address will not be published. Required fields are marked *