अमेरिकामा पाँचदेखि देखि ११ वर्षका बालबालिकालाई खोप दिन अनुमति

काठमाडौं : अमेरिकामा पाँचदेखि ११ वर्षका बालकालिकालाई पनि फाइजर र बायोनटेकको खोप लगाउन स्वीकृति प्रदान गरिएको छ।

जोखिम र लाभ दुवैलाई ध्यान दिएर नै यो उमेर समूहका बालकालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति प्रदान गरिएको अधिकारीहरुले बताएका छन्।

यो निर्णयबाट २ करोड ८० लाख बालबालिका लाभान्वित हुने अनुमान गरिएको छ। अमेरिकामा यसअघि नै १२ वर्ष भन्दा माथिका बालबालिकालाई भने कोरोनाविरुद्धको खोप दिइसकेको छ।

१६ देखि २५ वर्षका युवाहरुमा लगाइएको खोप ९१ प्रतिशत प्रभावकारी पाइएको छ। विज्ञहरुले सामान्य अवस्थामा फर्कन पनि युवा उमेर समूहका व्यक्तिलाई खोप दिन आवश्यक रहेको बताएका छन्।

अमेरिकामा १८ लाख बालबालिकामा कोराना संक्रमण देखिएको छ भने दुई सय भन्दा कमको मृत्यु भएको छ ।

अमेरिकामा पाँचदेखि देखि ११ वर्षका बालबालिकालाई खोप दिन अनुमति

राखेप सदस्य सचिवमा विष्णुकुमार ढकाल

अमेरिकामा पाँचदेखि देखि ११ वर्षका बालबालिकालाई खोप दिन अनुमति

जाजरकोटमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *