सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढ्यो‚ चाँदीको मूल्य भने स्थिर

काठमाडौं : नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। तर‚ चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

स्थानीय बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकिएको छ। सोमबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ तेजाबी सुनको मूल्य मंगलबार प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम गरिएको छ। सोमबार ९१ हजार ९०० थियो।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला एक हजार २६५ रुपैयाँ कायम छ। सोमबार पनि प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढ्यो‚ चाँदीको मूल्य भने स्थिर

खेलकुद मन्त्री गहतराजलाई खेलाडी संघको ज्ञापनपत्र

सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढ्यो‚ चाँदीको मूल्य भने स्थिर

दुर्गमको टिकटमा टाठाबाँठा र पहुचवालाकै हालीमुहाली

Leave a comment

Your email address will not be published. Required fields are marked *