नेपालगन्जमा लागु औषधसहित एक जना पक्राउ

बाँकेको नेपालगन्जबाट लागु औषधसहित एक जनालाई पक्राउ गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाबाट करिब १५ ग्राम अवैध लागु औषध ब्राउनसुगर सहित काभ्रेपलाञ्चोकको महादेवस्थान गाउँपालिका–३ बस्ने ३४ वर्षीय मान बहादुर रोकालाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट आउँदै गरेका उनलाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो ।

लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनी पक्राउ गरेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






