सारीमा आँचल

नायिका आँचल शर्माले बिहेको पार्टीमा लगाएको लेहेङ्गाको चर्चा सामाजिक संजालमा खुबै छ । तर, सामाजिक संजालमा भएका सकारात्मक र नकारात्मक दुबै टिप्पणीको बिषयमा भने आँचलले आफूलाई जानकारी नभएको बताइन् ।

आँचल भन्छिन् ‘म अहिले आफ्नै घरयासी काममा बढी व्यस्त छु । सामाजिक संजालमा के चर्चा भैरहेको छ भन्ने मलाई केही पनि थाहा छैन । म अहिले आफ्नै दुनियाँमा खुशी छु । ‘आँचलले अगाडि भनिन् ‘कुनै पनि यूवतीको बिहेको बिषयमा एउटा सपना हुन्छ । मैले पनि बिहेलाई लिएर सपना देखेकी थिएँ ।

जुन, सपना उदिपजीले पुरा गरिदिनुभएको छ ।’ सारीमा सजिएर आफ्नो जन्मदिन मनाएकी आँचल निकै राम्री देखिएकी थिइन् । सारी लगाउन खासै नजानेकी आँचलले आफैले लगाउनुपर्दा असहज भएको पनि बताइन् ।

तपाईको प्रतिक्रिया