घुँयत्रो

यो अखण्ड पार्टी भन्ने नी गज्जवकै रैछ गाँठे । हुन पनि नाम अखण्ड, अनि पार्टी खण्डखण्ड भएछि काँट गतिलो होस् । चुनाबाँ सरलक्कै सक्किएछि एउटा गतिलो पार्टीभित्र छिर्न परो र त्याँ छिरेर हँगामा मच्चाउन परो भनेर लागेर होला अखण्डवालाहरुले सबभैन्दा बढ्ता चिर्काे पर्या पार्टी काँग्रेस रोजेर अहिले महाधिवेशनको चक्कराँ लाग्या काँग्रेसभित्र रामचन्द्रहरु रुवाबासी गर्दै हिँड्या छन् ।

अखण्डवालालाई सदस्यता नदेकोभा चुनाव सरलक्कै जित्निथिम्, अखण्डैले गर्दा शेरबादुरलाई हराउन नसकिने भो भनेर कहिलेको अनशन, कहिलेको डेलिगेशन, कहिलेको मिटिङ्ग गर्दा गर्दै रामचन्द्र ग्रुप कार्यकर्ताविचाँ फेरि पनि फितलै र ल्वाँदे सावित हुने भो । त्यसै त प्रकाशमान र शशांक अध्यक्षको दावेदारी गर्दै मैदानाँ आछन् ।

उनीहरुकै समर्थनाँ अध्यक्ष हुम्ला भनेर पार्टीयाँ संघर्ष गर्दागर्दै थाकिजाने । तर अध्यक्ष कहिल्यै नहुने ललाटाँ लेखेर पो ल्या हुन् की किन हो कुन्नी ? हरेक कुराँ बखेडा झिक्दाझिक्दै रामचन्द्रको जिन्दगी नी जाने भो । यही अखण्डको बखेडाले सुर्खेताँ नी पार्टीको अधिवेशन शुरु हुन नदेका पौडेलबालाई अखण्डै नभए नी यो जिल्लाँ आफ्नो लवीले जित्ने स्थिति नै छैन भन्ने कुरा कल्ले सम्झाई दिने के ! हिजोसम्म पौडेलकै लविले यो जिल्लाँ हालिमुहाली जमाए नि निर्बाचन क्षेत्रको परिवर्तन सँगै अब पौडेलबाकाँ जिल्लाको सत्ता जान्नकी क्या ? अखण्डवालाहरुलाई सदस्यता दिन हुन्न भनेर धर्ना कस्याकस्यै छन् त ।

अरु जिल्लाँ अघिल्लो महिना १८ गते नै वडा अधिबेशन सकेर जिल्ला अधिवेशनको तयारी गर्दैछन् ।

तर हाम्रो जिल्लाँ भने साथीहरु एकुन्टा साबुन र गोडा दुएक मास्क बोकेर हिँड्नै ठिक्क छ । अखण्डैले सिध्याउने भो भनेर पौडेलबाका लविहरको रुवाबासी देख्दा त कतै चुनाबै हुन नदिने हुन्की भन्ने अड्कल पो काट्न थाल्या छन् मान्छेले । आज कुरो मिल्छ, भोली कुरा मिल्छ भन्दाभन्दै महिनै दिनजसो गुज्रिसक्यो । तर कुरो मिल्ने छाँट देखिन्न । फेरि पौडेलबाका आफन्तहरु चुनावमा हाईहाई जितिन्छ भन्छन् । तर फेरि त्यही अखण्डवालाको सदस्यता नदेउ भनेर रुवाबासी गर्छन् ।

सुर्खेत जिल्लाका केन्द्रीय सदस्यज्यु नी सारै चाम्रो हुनुहुँदोरैछ भन्ने कुरा यो चोटी अखण्डका साथीहरुले नि राम्रैसित था पाए । आशा गरम् कुरो मिलिजाला ।

घुँयत्रो

नगर र गाउँपालिका अधिवेशनमा सहभागीलाई सभापति देउवाको

घुँयत्रो

दुई सय जना पर्यटन मजदुरलाई आपत्कालीन रोजगारीको

Leave a comment

Your email address will not be published. Required fields are marked *