कर्णालीका प्रहरी संरचनाहरु अझैँ लुम्बिनीको नेपालगंजमा

सुर्खेत । संघीयता कार्यान्वयनमा आएको चार बर्ष पुरा हुँदैछ । तर कर्णाली प्रदेश प्रहरी मातहतका दंगा नियन्त्रण, संघीय प्रहरी इकाइ प्रहरी कार्यालय र प्रहरीको कुकुर शाखा अहिले पनि लुम्बिनी प्रदेशको नेपालगञ्जमै छन् । तत्कालिन क्षेत्रीय चार महत्वपूर्ण संरचना कर्णालीमा ल्याउन सकिएको छैन ।

भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त नहुँदा संरचनाहरु नेपालगञ्जमै रहेका हुन् । यी संरचनाका लागि कम्तिमा ४५ विगाह जग्गा चाहिन्छ । संघीयता कार्यान्वयन भएको लामो समय वितिसक्दा पनि कर्णाली प्रदेश सरकारले जग्गा उपलब्ध गराउनको लागि आवश्यक पहल गर्न सकेको छैन । यहीकारण प्रहरीका संरचनाहरु नेपालगञ्जबाटै सञ्चालन गर्नु परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

‘प्रहरीका भवन बनाउन जग्गा नै उपलब्ध भएको छैन’ प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता अर्जुन चन्दले भने, ‘कर्णालीमा जग्गा नपाएपछि केही प्रहरी इकाईहरु नेपालगञ्जमै छन् ।’ प्रहरी संरचना प्रदेशमा नहुँदा घटनाको अनुसन्धान, सुरक्षा परिचालन र नयाँ जनशक्तिलाई तालिमका लागि नेपालगञ्जकै भर पनुर्नपर्ने बाध्यता छ ।

यता कर्णाली सरकारले भने प्रहरी समायोजन नटुङिग्एको र भवन निर्माणको लागि जग्गा नभएका कारण प्रहरी संरचना प्रदेशमा ल्याउन समस्या भएको जनाएको छ ।
‘प्रहरीको संरचना निर्माणको लागि जग्गा प्राप्ति गर्न निकै कठिन भएको छ, पायकपर्ने स्थानमा सार्वजनिक जग्गाको अभाव छ’ आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुल खड्का भन्छन्, ‘प्रहरी समायोजनमा ढिलाइ भएका कारण पनि संरचना प्रदेशमा ल्याउन सकिएको छैन ।’

वीरेन्द्रनगरमा भएका केही सार्वजनिक जग्गा पनि प्रहरीको नाममा नहुँदा थप समस्या भएको उनको तर्क छ । ‘कुकुर शाखा र दंगा नियन्त्रण गणको लागि आवश्यक जग्गा छ, तर प्रहरीको नाममा जग्गा प्राप्ति भएको छैन’ उनले भने, ‘सार्वजनिक जग्गा मात्रै भएर नहुँदो रहेछ ।’ जग्गा प्रहरीको नाममा नहुँदासम्म भवन निर्माण गर्न नमिल्ने कानूनी व्यवस्थाका कारण पनि प्रहरी संरचना निर्माणमा ढिलाइ भएको खड्काले बताए ।

चौरजहारीम तालिम केन्द्र

रुकुमपश्चिमको चौरजहारीमा प्रदेश प्रहरी तालिम केन्द्र स्थापना गरिने भएको छ । तालिम केन्द्रका लागि प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेको छ । तर जग्गा प्राप्तिमा ढिलाइ हुँदा भवन निर्माण गर्न नसकिएको मन्त्रालयले जनाएको छ ।

‘चौरजहारीमा प्रहरी तालिम केन्द्र बनाउन निश्चित भइसकेको छ, तर जग्गा प्राप्ति नभएका कारण भवन निर्माण थालिएको छैन’ खड्काले भने, ‘जग्गा प्रदेश प्रहरीको नाममा आउनेवित्तिकै भवन निर्माणको काम सुरु हुन्छ ।’

तालिम केन्द्रका लागि प्राविधिक टोलीले अध्ययनसमेत सम्पन्न गरिसकेको छ । यस्तै नेपालगञ्जमा रहेका कुखुर शाखा र दंगा नियन्त्रण गण भने वीरेन्द्रनगरमा राखिने भएको छ । यसका लागि पनि जग्गा प्राप्तिको गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ । प्रहरी अस्पताल कर्णालीमा ल्याउनको लागि भने कुनै टुङ्गो लागेको छैन ।

बल्ल आयो सवारी मर्मत शाखा

कर्णाली प्रदेश प्रहरीको सवारी मर्मत शाखा सुर्खेतमा ल्याइएको छ । संघीयता कार्यान्वयन भएको तीन बर्षसम्म नेपालगञ्जमा रहदै आएको सवारी मर्मत शाखा असारमा वीरेन्द्रनगरमा ल्याइएको हो ।

सवारी मर्मतशाखा वीरेन्द्रनगरमा आएसँगै प्रहरीका सवारी साधनहरु मर्मतका लागि नेपालगञ्ज लिनुपर्ने बाध्यता हटेको छ । यस्तै गत बर्षमात्रै सुर्खेतमा आएको प्रहरी स्कूललाई वीरेन्द्रनगर–७ इत्राममा पदम लिला स्कुलको भवन उपलब्ध गराइएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले स्कूलका लागि भवन उपलब्ध गराएको हो । पदमलिलामा यसअघि न्यून संख्यामा विद्यार्थीहरु थिए । अध्ययनरत केही विद्यार्थीहरुलाई प्रहरी स्कूलमै पठाउने नगरपालिकाले प्रहरी स्कूललाई भवन उपलब्ध गराएको हो ।

कर्णालीका प्रहरी संरचनाहरु अझैँ लुम्बिनीको नेपालगंजमा

अध्यक्ष पदका लागि योग्य छु : ईश्वर

कर्णालीका प्रहरी संरचनाहरु अझैँ लुम्बिनीको नेपालगंजमा

तीन बर्षमा दुईसय ठाउँमा चोरी–डकैती, तीनसय जना

Leave a comment

Your email address will not be published. Required fields are marked *