फिल्म निर्देशनमा फर्किन लागेका हुन् युवराज ?

काठमाडौं । पुराना फिल्म निर्माता, निर्देशक तथा कलाकार हुन्, युवराज लामा । मन मन्दिर, कन्यादान, जीवन संघर्ष, देश परदेश, माउते दाइ, प्रतिज्ञा लगायत थुप्रै फिल्म निर्देशन गरेका लामा पछिल्लो समय भने फिल्म क्षेत्र बाहिर रहँदै आएका छन् ।

निर्माणका अलवा अभिनयमा पनि राम्रो क्रेज बनाएका लामाले विभिन्न फिल्म सम्बन्धी संघसंस्थामा समेत रहेर काम समेत गरिसकेका छन् ।

पछिल्लो समय फिल्म ‘धर्मात्मा’ निर्देशनपछि व्यवसाय र खेलकुद परिषद्मा रहेर काम गरेका कारण फिल्मी क्षेत्रबाट टाढा रहेका उनी कमब्याकको तयारीमा जुटेका हुन् । लामाले सामाजिक संजाल मार्फत फिल्म निर्माण र निर्देशनमा दोस्रो इनिङ सुरु गर्न लागेको जानकारी गराएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘ कथा भेटियो, आजबाट वान लाइनर लेख्न शुरु भयो । सकिने वित्तिकै पटकथा अनी संवाद लेख्न शुरु गर्ने विचारमा पुगियो,’ उनले अगाडि लेखेका छन्, ‘विभिन्न जिम्मेवारी र अभियानको कारण विश्राम लिएको चलचित्र निर्माण निर्देशनमा दोस्रो इनिङ पुनः प्रवेश गर्ने प्रयास हुँदै ।’

लामा पछिल्लो समय कलाकारको रुपमा भने फिल्म ‘सरौतो’मा देखिएका थिए ।

फिल्म निर्देशनमा फर्किन लागेका हुन् युवराज ?

बाफिकोटले दियाे १४ सय जनालाई रोजगारी

फिल्म निर्देशनमा फर्किन लागेका हुन् युवराज ?

४६ वर्षअघि अफगानिस्तानमा सुटिङ भएको पहिलो हिन्दी

Leave a comment

Your email address will not be published. Required fields are marked *