शैक्षिक भवनकाे शिलान्यास

सुर्खेत । श्री सिद्व बहिरा बालकको स्कुल वीरेन्द्रनगर-८ सुर्खेतको शैक्षिक भवन सोमबार उद्घाटन गरिएको छ । वीरेन्द्रनगर नगर प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम शर्माले सयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
विधालयको १८ कठ्ठा क्षेत्रफलभित्र २०० जना अपाडगता भएका बालबालिका अटाउने गरि सुविधा सम्प्नन आवासिय विधालय निर्माण गर्ने सरकारको नीति अनुसार भवन शिलान्यास गरिएको हो ।

विधालयले स्थानिय तहबाट करोडको डिपिआर ९२ करोडको स्विकृति गराएर बिभागमा पेश गर्ने तयारी रहेको छ । बिधालयले तयार गरेको डिपिआर अनुसार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २ करोड ५० लाखको आवासिय तथा शैक्षिक भवन निर्माण सुरू भएको छ ।
अपांङ्गता प्रकृति अनुरूप आवश्यकताका आधारमा प्रत्येक प्रदेशमा पुर्वाधार युक्त विशेष शिक्षा आवासिय विधालय निर्माण गर्ने सघ सरकारको कार्यक्रम अनुसार बजेट प्राप्त भएको थियो ।
प्रशासनिक भवन, थेरापि कक्ष, विभिन्न अपांङ्गताको स्रोत कक्षा, दृष्टिबिहिन स्रोत कक्षा भवन, खेलमैदान, अपांङ्गता अनुकुलका भौतिक सरचना निर्माणको क्रमागत सुरू भएको छ । सरकारको सात वटै प्रदेशमा एक एक वटा आवासिय शैक्षिक भवन निर्माण अन्तरगत सुर्खेत छनौट भएको हो । बिजि कन्ट्रक्सन कोटेश्वर काठमाडौले २०२१/११/१८ गते भित्र टेण्डर अनुसार भवनको फाउनण्डेशन निर्माण गर्ने जनाईएको छ ।
हाल विधालयमा कर्णाली प्रदेह सहित अन्य १४ वटा जिल्लाका ८६ जना बहिरा बालबालिकाहरूले आवासिय रूपमा शिसुदेखि कक्षा ९ सम्म आवासिय रूपमा अध्ययनरत रहेको विधालयका प्रधानाध्यापक याडलाल कडेलले जानकारी दिए ।
बिव्यस अध्यक्ष टीकाराम शर्माका अनुसार भौतिक पुर्वाधार निर्माण सुरू भएकाले अब उच्च शिक्षाका लागि जनशक्तिको अभाव रहेको छ । कर्णाली प्रदेशको एक मात्र विशेष विधालय भएकाले राज्यका सघ, प्रदेश र स्थानिय तहले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।

फरक क्षमताका बालबालिकाहरूलाई शैक्षिक क्षमता बृद्वि सगै ब्यवासायमुलक-आयआर्जनमुलक सिप दिन राज्यले थप लगानि गर्नेपर्ने उनको भनाई छ । राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४ कोठे भवन १८ लाख बजेटबाट निर्माण सम्पन्न भएको छ भने शैक्षिक सुधार अन्तरगत थप १० लाख बजेट प्राप्त भएर शैक्षिक सामाग्रि खरिद गरिएको छ । विपद व्यवस्थापन अन्तरगत पुरानो भवन मर्मत, निर्माण, रगरोगन कार्य ५ लाख बजेटमा सम्पन्न भएको छ ।






