कोरोनाले भारतका धेरै महिलाले गुमाए रोजगारी, सेनिटरी प्याडबाट समेत वञ्चित

एजेन्सी । भारतमा कोरोना महामारीमा पुरुषको तुलनामा महिलाले रोजगारी गुमाउनेको दर उच्च पाइएको छ । कन्सल्टिङ फर्म डालवर्गले गरेको अनुसन्धानले कम आय भएका परिवारमा पुरुषले भन्दा महिलाले बढी जागिर गुमाएका हुन् ।
तिनीहरूले खानेकुरा र आराममा पनि कटौती भएको छ। पुरुषको तुलानमा काम बढी गरे पनि कतिपय महिलाले भुक्तानी नपाएको बताइएको छ। डालवर्गले भारतमा विभिन्न १० राज्यका १५ हजारभन्दा बढी महिला र २ हजार ३ सय पुरुषमा अध्ययन गरेको जनाएको छ ।
अध्ययनले कोभिड-१९ को पहिलो लहरपछि काममा फर्किन पनि समय लागेको थियो । अध्ययनमा समावेश २४ प्रतिशत महिलाले जहाँ काम गर्थे। तीमध्ये २८ प्रतिशत महिलाले रोजगार गुमाए। ४३ प्रतिशत महिलाले गरेको कामको भुक्तानी पनि पाएनन् ।
यो अध्ययन अक्टुबरदेखि मार्चसम्मको हो । अवधिमा अध्ययनमा समावेश १६ प्रतिशत महिलाले सेनिटरी प्याड पनि प्राप्त गर्न सकेनन् भने ३३ प्रतिशत महिलाले गर्भ निरोधक चक्कीबाट वञ्जित हुनुपर्यो ।
कोरोनाको दोस्रो लहरले भारत अत्याधिक प्रभावित मुलुक हो । डालवर्गको अध्ययनले यो विपत्तिलाई महिलाले कसरी सामना गरे भन्ने कुरा दर्शाएको छ । यो प्रतिवेदनकी लेखिका श्वेता तोतापल्लीले कोरोनाको पहिलो लहरजस्तै दोस्रो लहरमा पनि महिलाहरुले थप जटिलताको सामना गर्नुपरेको बताइन् ।






