भारतद्वारा परमाणु सक्षम मिसाइलको नयाँ संस्करण ‘अग्नि पी’ को सफल परीक्षण

एजेन्सी । भारतले शक्तिशाली परमाणु मिसाइलको सोमबार सफल परीक्षण गरेको छ । ओडिशाको तटमा रहेको डा. एपीजे अब्दुल कलाम टापुबाट परमाणु सक्षम मिसाइलको नयाँ संस्करण ‘अग्नि पी’ को सफल परीक्षण गरिएको हो ।

‘पूर्वी तटस्थित विभिन्न टेलिमेट्री र रडार स्टेसनहरूले मिसाइलको निगरानी गरेको थियो।’ रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘मिसाइलको निर्धारण गरिएको सम्पूर्ण नियमको अनुसरण गर्दै अभियानको उद्देश्य पनि पूर्ति गरेको छ ।’

‘अग्नि पी’ एक नयाँ संस्करणको मिसाइल हो। यो धातुबाट बनेको एक मिसाइल हो जसको मार हान्ने क्षमता एक हजार र दुई हजार किलोमिटरबीच रहेको छ  । यो मिसाइल अग्नि–३ भन्दा ५० प्रतिशत ले हल्का छ र यसमा नयाँ तथा आधुनिक उपकरण जडान गरिएको छ। धातुबाट बनेको कारण यो मिसाइल रेल र सडकबाट प्रक्षेपण गर्न सकिन्छ र जहाँ पनि लामो अवधिको लागि भण्डार गर्न सकिने बताइएको छ ।

यसलाई सञ्चालन आवश्यकता अनुसार सम्पूर्ण देशभरि ढुवानी गर्न सकिन्छ । यस मिसाइलले हिन्द प्रशान्त क्षेत्रमा आफ्ना शत्रुमा पनि लक्षित गर्न सकिन्छ । त्यस्तै जून महिनाको २५ तारिख मा डीआरडीओले ओडिशाको तटमा रहेको चंडीपुरको एकीकृत परीक्षण दायरा (आइटीआर)मा मल्टि–ब्यारेल रकेट लन्चर (एमबीआरएल) बाट स्वदेश निर्मित पिनाका रकेटको सफल परीक्षण गरेको थियो।

जम्मा २५ वटा त्यस्ता पिनाका रकेटको सफल परीक्षण गरिएको थियो। पिनाका रकेट प्रणालीले ४५ किलोमिटर दुरीसम्म रहेको आफ्नो लक्षलाई नष्ट गर्नसक्छ । उही दिन भारतीय प्रमुख रक्षा अनुसन्धान संगठनले स्वदेश निर्मित १२२ एमएम कालिबर रकेटको सफल परीक्षण गरेको थियो ।

उक्त परीक्षण ओडिशाको तटमा रहेको चंडीपुरको आइटीआरमा मल्टिब्यारल रकेट लन्चर (एमबीआरएल) बाट गरिएको थियो । जम्मा ४ वटा त्यस्ता १२२ एमएम रकेटको सफल परीक्षण गरिएको थियो। यी रकेटहरू सेनाको प्रयोगको लागि विकसित गरिएको हो। यसले ४० किलाेमिटर दुरीसम्म रहेको आफ्नो लक्षलाई नष्ट गर्न सक्छ ।-साभार : इण्डिया न्यूज नेटवर्क

भारतद्वारा परमाणु सक्षम मिसाइलको नयाँ संस्करण ‘अग्नि पी’ को सफल परीक्षण

कांग्रेसको आसन्न महाधिवेशन

भारतद्वारा परमाणु सक्षम मिसाइलको नयाँ संस्करण ‘अग्नि पी’ को सफल परीक्षण

जुम्लामा लम्बियो निषेधाज्ञा

Leave a comment

Your email address will not be published. Required fields are marked *