तत्काल सवारीसाधनको ट्रायल नखुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले कोभिड-१९ ले रोकिएको सवारीसाधनको ट्रायल तत्काल नखाेल्ने भएको छ ।  कोरोना जोखिम कायमै भएको भन्दै तत्काल खोल्ने तयारी नभएको विभागका सूचना अधिकारी लोकनाथ भूसाल जानकारी दिए ।

विभागका सूचना अधिकारी भूसालले भने,‘ट्रायलबारे विभागले निर्णय गरेर हुँदैन, सरकारले नै गर्नुपर्छ तर, अहिलेसम्म ट्रायल सञ्चालन गर्न दिने भनी केही भनेको छैन, तयारी पनि छैन,तत्काल खुल्दैन ।’

उनका अनुसार सरकारले ट्रायलको अनुमति दिएपछि मात्रै कोरोनाले रोकिएको ट्रायल सञ्चालन गरिने छ । सवारी चालक अनुमति पत्रको केही सेवा भने गत १० गतेदेखि कोटा सिस्टमबाट सञ्चालन भएको छ । चालक अनुमति पत्रको नवीकरण,ट्रायल पासको राजश्व संकलन र चालक अनुमति पत्र वितरण सेवा खुलेकाे छ ।

तत्काल सवारीसाधनको ट्रायल नखुल्ने

सुगम पोखरेल र समिक्षा अधिकारीको ‘आँटिदे मैना’

तत्काल सवारीसाधनको ट्रायल नखुल्ने

विदेशबाट खोप लगाएर आउने सिधै घर जान

Leave a comment

Your email address will not be published. Required fields are marked *