भारतमा दैनिक संक्रमितको संख्या घट्यो

एजेन्सी । भारतमा कोरोना भाइरसको दोस्रो लहरबाट दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम हुन थालेको छ। सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट संक्रमित थपिएका छन् ।

लामो समयपछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना संक्रमित भएको देखाइएको थियो ।

त्यसैगरी, त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना संक्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितहरूको कुल संख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ।

मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या १२ लाख ३१ हजार ४१५ रहेको छ। भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरूको संख्या दुई करोड ७५ लाख चार हजार १२६ रहेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी कोरोनाका कारण कुल दुई हजार २१९ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको संख्या तीन लाख ५२ हजार ५२८ पुगेको छ।

भारतमा दैनिक संक्रमितको संख्या घट्यो

भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा १७

भारतमा दैनिक संक्रमितको संख्या घट्यो

प्रदेश २ मा कांग्रेस सरकारमा जाँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *