नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को उपाध्यक्ष चयन

काठमाडौँ, १४ असोज । 

नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को उपाध्यक्ष पदमा चयन भएको छ । कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११ औँ वार्षिक बैठकका अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो ।

एआइआइबीको सङ्गठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकबाट एक/एक जना उपाध्यक्ष रहने प्रावधान छ । यसपटक गैर–क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षका रूपमा चयन भएको छ ।

वार्षिक बैठकका अवसरमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेको उनको सचिवालयले जनाएको छ । बैठकको दोस्रो दिन आयोजित गभर्नर्स बिजनेस राउण्ड टेबललाई अर्थमन्त्री डा वाग्लेले सम्बोधन गरेका थिए । उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख साधनमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै, नेपालजस्ता विकासशील मुलुकको आवश्यकतासँग मेल खानेगरी बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउनुपर्ने बताएका थिए ।

नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को उपाध्यक्ष चयन

उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही 

नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को उपाध्यक्ष चयन

अब अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल

Leave a comment

Your email address will not be published. Required fields are marked *