उपल्लो डोल्पामा पर्ने सिमास्तम्भ रङ्ग्याउँदै चीन

रामचन्द्र न्यौपाने
डोल्पा, २८ असोज ।
छिमेकी राष्ट्र चीनले उपल्लो डोल्पाका सिमा क्षेत्रमा राखिएका सिमास्तभ रङ्ग्याउन थालेको छ । नेपाल–चीन सिमा छुट्याउन उपल्लो डोल्पाको मोरिम्ला नाकामा राखिएको सिमास्तम्भ रङ्ग्याएको हो । डोल्पोबुद्ध गाउँपालिकामा पर्ने मोरिम्ला नाकामा रहेको पन्ध्र नंम्बर सिमा स्तम्भ केही घण्टा अघिमात्रै रङ्याएको पाइएको काम विशेषले सिमानामा पुगेका डोल्पाली युवा हरिनन्द बोहोराले बताए ।

“गृह मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारीमा युथ इनोभेसन नेपालले सुरु गरेको पैदल मार्ग र स्थानीय पुर्वाधार नक्साङ्कन कार्यक्रमको सिलसिलामा सिमा क्षेत्र मोरिम्ला नाका पुगेको थिए,चिनिँया अधिकारीहरुले केही घण्टा अघिमात्रै सिमास्तम्भमा पेन्टिङ्ग गरेका रहेछन्,पेन्टिङ्ग हिलो नै थियो,छुँदा समेत हातमा टाँसिन्थ्यो”बोहोराले भने ।

“सिमास्तम्भ आसपासका धेरै ठाउँमा चाइनिज भाषामा बिभिन्न ठाउँमा समेत पेन्टिङ्ग गरिएको छ,सिमा स्तम्भमा नेपाल २०१९ समेत लेखिएको छ,त्यसैलाई पेन्टिङ्ग गरेकाछन् ।” तिन्जे गाउँबाट दुई दिनको पैदल यात्रा पछि मोरिम्ला नाका पुगिने र मोटरसाइकललमा करिब तीन घण्टामै नाका पुगिने बोहोराले बताए ।

नेपालले लिपुलेक लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेसँगै चीनले सिमा क्षेत्रमा निगरानी बडाएको हुनसक्ने जिल्लाका सरोकारवाला निकायले बताए । मोरिम्ला बाहेक उपल्लो डोल्पामा क्याटो नाका समेत पर्ने गर्दछ । उपल्लो डोल्पाबासीका लागि मुख्य ब्यापारीक नाकाको रुपमा मोरिम्ला र क्याटो नाका प्रयोगहुँदै आएका छन् । नेपाल खाद्य संस्थानले उपल्लो डोल्पाबासीका लागि खाद्यान्न ढुवानी समेत चीनको बाटोहुँदै मोरिम्ला र क्याटो नाका पु¥यायर वितरण गर्ने गरेको स्थानीयले बताए ।

बर्षमा एक पटक सिमित समयका लागि नाका खुल्ने र त्यहाँबाट खाद्यान्न,लत्ताकपडा,मोटरसाइकल लगायतका बस्तुहरु खरिदगरि ल्याउने गरेको डोल्पोबुद्ध गाउँपालिका वडा नं ३ का अध्यक्ष पाल्जाङ्ग गुरुङ्गले जानकारी दिए । जेठ र असार गरेर दुई महिना लगाएर संकलन गरेको यार्सागुम्बा बिक्रि गर्ने र त्यसबाट आएको पैसाले बर्षभरीका लागि आवाश्यक सामाग्री खरिद गरेर ल्याउने गरेको वडा अध्यक्ष गुरुङ्गको भनाई छ । यस बर्ष कोरोना भाइरसका कारणले नाका खुल्न सकेन् ।

उपल्लो डोल्पामा पर्ने सिमास्तम्भ रङ्ग्याउँदै चीन

कर्णाली विद्रोह: मुख्यमन्त्री र असन्तुष्ट दुवै पक्षलाई

उपल्लो डोल्पामा पर्ने सिमास्तम्भ रङ्ग्याउँदै चीन

वडा कार्यालयको जग्गा विवादले चरमरुप लियो

Leave a comment

Your email address will not be published. Required fields are marked *