घुँयत्राे:एमाले फुट्ला कि बा छुट्लान् ? बादल–भट्टतिर ढल्किँदै बा, पोखरेलहरूमा चल्यो खैलाबैला !

हैन ! याे काँग्रेस भन्नेपाटि त फुट्याथ्याे फुट्याथ्याे अब त एमाले नि फुटलाजस्ताे गर्याे त हँ ! एमाले पाटियाँ बादलले र शंकर पाेखरेलले छुट्टाछुट्टै दस्तावेज पेश गरे भनेर चिच्याकल्लाे भै राकाे सुनिन्छ त ! दस्ताबेज पेश गर्ने मान्छ्या नाम सुन्दा त याैटा एमाले अनि अर्का माओवादि एमाले पाे हुन जस्ता छन त! यसाे छाँटकाँटले त बाले पाटि झड्केला छाेराहरु बादल र लेखराज भट्टलाई नै सुम्पिन्छन कि जस्ताेछ त ! के भन्न सकिन्छ र पाटि बैठकाँ पाेखरेललाई साथ दिने भन्दा भट्ट र बादलतिरका मान्छै बाका लागि भरसिला देख्खिए भने बाले तिनरलाई नै सुम्पिन्छन नि ! उनलाई के मतलब छ र आफ्ना छाेरा हुनकि झडकेला छाेरा जल्ले उनलाई राम्राे गर्छ जस्ताे लाग्छ उसैलाइ सुम्पिन्छन । जब त्याे पाटियाँ आफ्नाे रब्बादब्बा राख्न पाटि कस्का पाेल्टाँ हाल्दिँदा राम्राे हुन्छ त्यसैका पाेल्टाँ हाल्दिन्छननि बाले । जब पाटि भित्र आफ्नाे एकछत्र राज चल्न दिईँदैन भने जल्ले आँफुलाई मनपरि रजगज चलाउन दिन्छ त्यसैलाई पाटिकाे जिम्मा दिन्छन नि बाले पनि माओवादि हुन कि एमाले , उनलाई सिङ्गो पाटि र दुख गर्या कार्यकर्ताशीत के सराेकार ! पाटिभित्र विष्णु पाैडेल,शंकर पाेखरेल जस्ता अनेकन कार्यकर्ता घुर्कि सुन्नु भन्दा त बरु महेश बस्नेत, रामबहादुर थापा बादल, लेखराज भट्ट जस्ता स्वाँठहरुकै कुराे सुन्दा पाटिमाआफ्नाे हैकम जमिरहन्छ भने पुराना त्यागेर नयाँकाे साथ गर्नु फलिफापै भाे केरे नि त्यसैले गर्दानि बा ऐले राजनितिक काेट्ले फेरेकै ठिक भनेर लाग्या छन । हेरम कतै काँग्रेसका गगन थापाले पुराना र दिग्गज नेताहरलाई तहलाएर पाटि संगठन जति युवालाई जिम्मालाएर नाे नेपाेबेबि गरिराछन । त्यस्तै गरेर जल्लाई आफ्नो भनेर च्यापाे तिनैले बालाई नि तर लाए भनेचाईँ आउने चुनाबाँ एमालेकाे बिवै नासिननि सक्छ । त्यसै त पुराना दल भनेछि ऐल्या सत्तारुढवालाहरले गरि खान द्या छैनन् । रास्वपाहरकाे दिनहुँकाे वितण्डा र मारकाट अनि समाजमा फैलिएकाे अशान्ति हेर्दा त अब अरु पाटियाँ कार्यकर्ता त शिला खाेजेजस्ताेपाे हाेला जस्ताे छ त! अरु पाटियाँ बसेर बाँच्नै नपाउने जस्ताे स्थिति भएछि बाँच्नालागि भएनि कार्यकर्ता जति झाेलि तुम्मडि भिरेर रबिकाे पाटियाँ गएर खरानी नघसी कामै नहुने भाे ! त्यसैले अब काँग्रेस र एमाले फुटुन कि जुटुन जनताले बालै मतलब नराखेर खुरुखुरु जसरी दैनिक रास्वपाँ गा छन त्याे हेर्दा त अब देउबालाई गगनले पाटियाट लखटेझैँ कुन दिन एमालेहरले नि बालाई लखेटछन जस्ताेछ । ल है बा बेलैमा हाेस पुर्याउनु हाेला अब तपाईंलाई पाटियाट लखेटेभने भदाै २४ साँ लखेटेर भैरब दलाँ ज्वाईँलाई सत्कार गरेर राखेझैँ राख्नेवाला छैनन् त्यसैले कमसेकम अब त सुध्रिनुस यार ! डाँडापारीकाे घाम भै सक्दानि कत्राे घमण्ड हाे के ! मान्छेले मर्ने बेलाँ स्वर्गाँ जानपाम् भनेर कत्राे चाहना राख्छन तपाईं भने जतिजति यमराजकाे प्याराे हुने बेला आयाे त्यति त्यति नर्गकाे बाटाे राेज्नु हुन्छ गाँठे । तपाईंको याे चालाले त आजसम्म एमाल्याँ बसेर गर्या दुख्ख र याेगदान जति त तपाईंका कार्यकर्ताले त क्षण भराँ बिर्सने भए त तपाईंको यस्ताे बानि ब्यहाेराले गर्दा ! के साँच्चै तपाईंमा चेतना नआउने नै हाे त !?

घुँयत्राे:एमाले फुट्ला कि बा छुट्लान् ? बादल–भट्टतिर ढल्किँदै बा, पोखरेलहरूमा चल्यो खैलाबैला !

घुँयत्राे:एमाले फुट्ला कि बा छुट्लान् ? बादल–भट्टतिर

Leave a comment

Your email address will not be published. Required fields are marked *