घुयँत्राे:अख्तियारले उजुरी खोल्यो, घण्टीले गिरफ्तारीको साइरन बजाउन थाल्यो!

त्यसै त ऐलेकाे सरकार र त्यसका पाटिका नेता,कार्यकर्ता र सांसदहरु पुराना पाटिका नेताहरुलाई सिध्याउन गाैँडा कुरेर बसीरा` छन ! यै बेलाँ अख्तियारकाे प्रमुख आयुक्त प्रेम कुमार राईले याे देशका सबै पूर्वप्रधानमन्त्री बिरुध्द अख्तियारमा मुद्दा आएकाे कुरा सरकारी कार्यक्रम मै सार्वजनिक गरेछि अब घण्टीहरु उनिहरुलाई पक्राउ गर्न र कार्वाहि गराउन आँफुले सक्ने सबै हर्कत गर्नमा उत्रिने निश्चित छ । ऐले सदनमा रास्वपा सांसदहरुकाे गतिविधि देख्दानै उदेक लाग्दाेछ । विपक्षिहरुले सदनमा वा सरकारी कार्यक्रममा कसैले कुनै कुराे उठाउने बित्तिकै कसरी ठाडै झम्टिन पुग्छन भन्ने कुरा दैनिक सदनमा त देखिएकैछ भने हिजाे मात्रै फाेहरका विषयमा भएकाे बैठकमा माननीय आशिका तामाङकाे हर्कत देख्दा उपस्थित सबैलाई कार्यक्रममा किन आईएछ जस्ताे खिन्नता महसुस भएकाे देखियाे ।तर पनि माननीयकाे व्यवहार र प्रस्तुतिप्रति मन्त्रीले उपस्थित सबैसित माफि त मागे तर के गर्नु माननीयहरुकै ब्यवहारले रास्वपा सरकार नाङ्गीँदै गईरहेका पाटिका ईमानदार कार्यकर्ताहरुले समेत महसुस गरि रहेकाछन । खासगरि विपक्षिहरुलाई पटक्कै टिक्न नदिने खेलमा लागेका सत्तारुढ संसदहरुकाे याे खेल पुराना दलहरु र त्यसका नेताहरुसित बदलाकाे भाबनाबाट प्रेरित देखिन्छ । आँफुले कामगर्न नसक्ने तर त्यसकाे दाेष पुराना दलहरुलाई लगाउने र सामाजिक सन्जाल रङ्गाएर पुराना दललाई सत्ताेसराप गरेर जुङामा ताउलाउने घण्टीका कार्यकर्ताकाे खेल उनिहरुकै सरकारका लागिनि खतरनाक देखिन्छ । उनिहरुले आराेप लाउने गरेकाे पुरानाे दलबाट सत्ता गएकाे १ बर्ष भै सक्याे । ऐले चले सरकार भन्दा पहिलानै यीनै जेनजीहरुकाे सरकार चलेकाे थियाे र त्यसपछिकाे चुनाबि प्रकृयाबाटनै फेरि जेनजी अर्थात रास्वपाकाे सरकार आएकाे हाे । तर, ऐलेका सरकारका कार्यकर्ता गत भदौ अघिकाे सरकारलाई देखाएर ग्याँस अभावकाे जिम्मा तिनै पुराना दललाई लगाई रहेकाेछ । जबकि तिनै जनताले दुई तिहाई दिएर याे सरकार त्यहि दम्भमा चलि रहेकाेछ । सबै सेवा सुविधा मिनेटमा उपलब्ध गराउँछम् जनताकाे सुख,शान्ति र समृद्धिका लागि रास्वपालाई भाेट दिनाेस भनेर ६ महिना अघिदेखि लागेकाे रास्वपा दल र उसकाे सरकार जनतालाई ग्याँस दिन नसकेर असफल भएछि जनताबाट लखेटिन नपराेस भनेर कपाेलकल्पित भ्रम सृजना गरेर ग्याँस नपाईनुमा पुराना दलदाेषि भएकाे कुरा गरेर सामाजिक सन्जाल भरे पनि जनता पनि त्यति गएगुज्रेका छैनन कि रास्वपाले जे जे भन्दै जावस जनता पनि त्यै त्यै पताउँदै जाउन !? त्यसैले पूर्व प्रधानमन्त्रीहरुलाई सँधैभरि भष्टाचारी र अपराधिकाे संज्ञा दिएर दिनहुँ मार्नु भन्दा अख्तियारमा पूर्वप्रधानमन्त्रीहरुका विरुद्ध उजुरी आएकै हुन भने त्यसमा अनुसन्धान गरेर मुद्दा चलाउनु पर्छ र निर्दाेष भए उनिहरु सधैभष्टाचारीकाे पगरी गुथेर दिनदिनै मर्नु पर्ने छैन । त्यसैले बालेन सरकार आफ्ना कार्यकर्तालाई सडकमा कुदाएर घाेक्राे फुटुन्जेल चिच्याएर भष्टाचारीकाे नारा लगाउन लाग्नु भन्दा याे देशका पूर्वप्रधानमन्त्रीहरुमात्रै हैन अरुपनि जाे जाे भष्टाचारी छन तिनलाई मुद्दा हालेर अदालतबाटै दाेषि करार गराउँदा बेस हुन्न र ? कि याे सरकार भन्ने एक, गर्ने अनेकवाला हाे र ? हैन जे भन्छ त्यै गर्छ भन्ने हाे भने भष्टाचारीजतिलाई याैटै खाैल्टाँ हाल्न किन अबेर ?





