नेपालगञ्जको इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

बाँके ,२० साउन ।

 बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ। घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ भने प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

सोमबार  इट्टा भट्टाको पर्खाल एक्कासि भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।

गम्भीर अवस्थामा रहेका कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको भए पनि  बुधबार  बिहान उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ। यस्तै, राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र इट्टा भट्टाको पर्खाल किन भत्कियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

नेपालगञ्जको इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

मनसुनजन्य विपद् न्यूनीकरणमा सचेतना अभियान तीव्र बनाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *