कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

सुर्खेत ,१३ साउन ।
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथग्रहण गराएका हुन् ।
समारोहमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ, पूर्वमुख्यमन्त्रीत्रय यामलाल कँडेल, जीवनबहादुर शाही, राजकुमार शर्मा, उपसभामुख यशोदा न्यौपाने, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी, प्रदेश सभाका सदस्यहरू, प्रमुख सचिव, प्रदेश सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
शाही नेकपा (एमाले)को समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनले आजै पदभार ग्रहण गरेका छन् ।






