घुयँत्राे:”प्रदेशसभा कि कुस्ती महासंघ? बजेटभन्दा मुक्का नै भारी!” 😄

सरकार प्रदेशकाे बाेझ साह्रै गरुङ्गाे भाे ! यल्लाई खारेज गर्दै स्थानीय निकायकाे बनाेटमा नि हेरफेर गरिनु पर्छ र राज्यलाई आर्थिक भार कम गर्नुपर्छ भनेर यसका लागि आफ्ना पाटिका कार्यकर्तालाई तयार रहन उर्दी गर्दैछ । यै माैकाँ सबैजसाे प्रदेशका नेताहरु याैटा न याैेटा बखेडा थापेर प्रदेशसभाकाे काम कार्बाहिलाई अस्थिर बनाई रहेका छन । यतिसम्म कि कर्नालिकाे प्रदेश सभाँत मुक्का हाना हान र मान्छे तानातान गरेर अर्थ मन्त्री लाई राेष्टममा जानै दिएनन । केहि दिन अघि देखिनै बजेटबाँडफाँडकाे विषयलाई लिएर माओवादिहरु प्रदेश सभामा सामाजिक मन्त्रीमाथि खनिएका थिए । उनिहरुकाे त्याे प्रस्तुति देखिनै माओवादिहरु वजेट पास गर्न दिने पक्षमा छैनन भन्ने अनुमान गर्ने अबस्था आएकाे थियाे भने मुख्यमन्त्रीले समेत माओवादिकाे त्याे कथित विराेधकाे भित्री रुपमा समर्थन गरेका थिए । कर्नालिमा विगतमा एमाले र काँग्रेसकाे गठबन्धनमा सरकार बनेकाे र आधाआधा सरकार चलाउने सहमति भएपनि चुनाब पछि काँग्रेस पाटिभित्र ठूलाे संघर्ष भएकाे र फलत काँग्रेस दुई गुठमा बाँडिएकाले एमालेले पनि सहमति अनुसार काँग्रेसलाई सरकार बनाउन बाटाे नदिएर बरु उल्टै माओवादिसित मिलेर सरकार बनाउने संकेत दिएकाले एमाले माओवादि मिलेर काँग्रेसलाई हैरान गरेका छन त्यसकै परिणाम स्वरुप ऐले कर्नालि प्रदेश सभा रणमैदानमा परित भएकाेछ र सामाजिक सन्जाल हेर्दानी ………. लाई भन्दानि देख्नेलाई लाज भन्या जस्ताे भै राछ । चुनाबमा पुराना दललाई चरनाम नाङ्गो हुने गरि सदनबाट लखेटेपछि पनि पुराना दलहरुमा अँझैपनि आँखा खुलेका छैनन । पुरानै ढर्रा र हठमा बाँधिएका पुराना दलहरु आँफुलाई सुधार्ने बाटोमा नलागेपछि अब स्थानीय निर्वाचनमा पनि रास्वपाले ८० प्रतिसत भन्दा वढि सिट लैजान सक्ने आँकलन जनताबिचमा भै रहँदा एमाले काँग्रेस र माओवादिकाे लडाईँले जनताले गरेकाे अनुमानलाई अँझ बलपुर्याई रहेकाेछ । प्रदेशमा छुट्याएकाे बजेट ३५ प्रतिसत सम्मनि खर्च गर्न नसक्ने तर प्रदेश सभाकाे वजेटमाथिकाे छलफल र बजेट बाँफाँडमा सधैभरि झगडा गरि राख्ने कर्नालि प्रदेशका सभासदहरुकाे चरित्र देखेर अब त जनतानि आजित भै सकेका छन । कर्नालिका याेजनाहरु पूरा गराउन समयमै ठेक्का पट्टा र ठेकेदारलाई काम गर्ने वातावरण सृजना गर्नुकाे सट्टा उनिहरुलाई तर्साएर भरसक ठेक्कै हाल्न नदिने ठेक्का हालिनै हालेछन भनेनि काम गर्न उत्साहित नगराउने प्रवृतिले गर्दा कर्नालिमा ठेक्काका कामहरु हुन सक्ने स्थितिमै देखिँदैनन । प्रदेशसभाका सदस्यहरुकाे उदाङ्गाे चरित्रले गर्दा याे प्रदेशमा काम गर्न न बाहिरकाे मान्छे काम गर्न आउन मान्छ न कर्नालिकै मान्छे हरु काम गर्दछ । प्रदेश सभामा सदस्यहरुले यस्तै चरित्र देखाउँदै गए भने बालेन सरकार जसरि प्रदेश सरकार खारेज गर्न अघि बढि रहेकाेछ त्यसैगरि प्रदेश सरकार खारेज गर्न सरकारलाई बलमिल्ने सम्भाबना देखिन्छ । त्यसैले प्रदेशसभाका सदस्य ज्युहरु तपाईंहरु सभामा रास्वपाकाे प्रतिनिधित्व नभएकै कारण जुन तरिकाले आपसमालभिडन्त निम्त्याई रहनु भएकाेछ र आउने चुनाबका लागि आआफ्नाे निर्वाचन क्षेत्रमा बजेट छुट्याएर स्थानिय चुनाब जित्ने र त्यसकै आडमा फेरिपनि चुनाब जित्ने जुन सपना देख्दै हुनु हुन्छ त्याे सबै निरर्थक हाे । जनता तपाईंलाई फेरि दाेहर्याएर मत दिनै तयार छैनन् । तपाईंले चुनाब जितेर ५ बर्षमा के गर्नु भयाे र ? त्यसैले जनताले अब न तपाईंलाई भाेट दिन्छन न तपाईंको पाटिलाई ? त्यसैले सभामा तमाशा बन्ने र तमाशा देखाउन उध्दत नबनाैँ । नेताहरुमा चेतना भया !
” बिरसिक्का”

घुयँत्राे:”प्रदेशसभा कि कुस्ती महासंघ? बजेटभन्दा मुक्का नै भारी!” 😄

अधुरा आयोजना अघि बढाउने नवाैँ जिल्ला सभाको

Leave a comment

Your email address will not be published. Required fields are marked *