सुर्खेत, १३ असोज ।
कालिकोट जिल्लाको तिलागुफा नगरपालिका स्थित खल्गागाडमा जीप दुर्घटना हँुदा चालकको मृत्यु भएको छ । कर्णाली राजमार्गस्थित तिलागुफा नगरपालिका खल्ला खोलामा बोलेरो जीप दुर्घटना हुँदा गाडी चालकको मृत्यु भएको हो ।
चालक सुर्खेत भेरीगंगा नगरपालिका–१२ निवासी २८ बर्षिय कर्णबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सुर्खेतदेखि जुम्ला जाँदै गरेको लु २ च २४१२ नम्बरको जीप सडकबाट अनियन्त्रित भई दुर्घटना भएको हो ।
गाडीका सहचालक सुर्खेत निवासी दिपक डाँगी घाईते भएको जनाइएको छ । कालिकोट प्रहरी प्रमुख चन्दबहादुर शाहका अनुसार घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने प्रहरी निरीक्षक यक्षराज जोशीको टोली घटनास्थलमा पुगेको छ ।
युग संवाददाता । । १३ आश्विन २०७७, मंगलवार २०:०२