मन्त्रीमण्डल पुनर्गठनमा ओली-प्रचण्डबीच आज पनि कुरा मिलेन

काठमाडौं, १३ असोज ।

मन्त्रीमण्डल पुनर्गठनबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुरा मिलेन।

दुई अध्यक्षबीच मंगलबार  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो। ओली र प्रचण्डबीच लगातार तीन दिनदेखि यही विषयमा छलफल भइरहेको छ।

स्रोतका अनुसार अहिलेका सबै मन्त्रीहरू फेर्ने प्रचण्डको प्रस्ताव छ। प्रधानमन्त्री ओली भने केही मन्त्रीहरूमात्रै फेर्ने र थप्ने मनस्थितिमा छन्।

दुई अध्यक्षबीच कुरा नमिलेपछि मन्त्रीमण्डल पुनर्गठन पनि केही दिन पर धकेलिने भएको छ। यसअघि ओलीनिकट नेताहरूले एक-दुई दिनमै मन्त्रिमण्डल हेरफेर हुने बताएका थिए।

सेतोपाटीबाट साभार

मन्त्रीमण्डल पुनर्गठनमा ओली-प्रचण्डबीच आज पनि कुरा मिलेन

७ अंकले ओरालो लाग्यो नेप्से

मन्त्रीमण्डल पुनर्गठनमा ओली-प्रचण्डबीच आज पनि कुरा मिलेन

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १०

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds