कुलमानको पुनःनियुक्तीको माग गर्दै दीप प्रज्वलन
सुर्खेत, ५ असाेज ।
नेपाल विद्युत प्राधिकरणका निर्वतमा कार्यकारी निर्देशकमा कुलमान घिसिङ्गलाई पुनः नियुक्तको माग गर्दै सुर्खेतमा दीप प्रज्वलन गरिएको छ ।
घिसिङ्गलाई पुनः नियुक्तको माग गर्दै वीरेन्द्रनगर युवा सञ्जालले आइतरबार साँझ खुल्ला मञ्चलमा दीप प्रज्वलन गरेको हो ।
घिसिङ्गले आफ्नो कार्यकालमा नेपालमा लोडसेडिङ्ग अन्त्य गरी प्राधिकरणलाई मुनाफामा ल्याएको भन्दै पुनःनियुक्तीको माग गरेको सञ्जालका उपाध्यक्ष प्रकाश खड्काले जानकारी दिए ।
दीप प्रज्वलन कार्यक्रममा वीरेन्द्रनगरका करिव ३० युवाहरुको सहभागिता रहेको थियो ।





