२०८२ फाल्गुन २९ गते
×

Now Playing

रेल मार्ग बनाउने विवादित ३२ अर्बको ठेक्का रद्द

काठमाडौं, २३, भदौ ।

रेल विभागले प्रस्तावित पूर्व पश्चिम रेलमार्गअन्तर्गत इनरुवा काँकडभिट्टा खण्डको ट्रयाक बेड बनाउन निकालेको ठेक्का स्थगित गरेको छ। विभागको रेल, मेट्रोरेल तथा मोनोरेल विकास परियोजनाले मंगलबार सार्वजनिक सूचना जारी गरी यो ठेक्काको प्रकृया रद्द गरेको जनाएको छ।

१०६ किमी रेल्वे ट्रयाक बनाउन विभागले ५४ प्याकेज बनाएर ठेक्का आह्वान गरेको थियो। यसमा बोलपत्र पेश गरेका निर्माण व्यवसायी कम्पनीहरूको प्रस्तावको मूल्यांकन भइरहेको बेला विभागले यो प्रकृया नै रद्द गरेको हो। जग्गा अधिग्रहणको काम नसकिँदै सीमित प्रतिस्पर्धा हुने गरी हतारमा रेल्वे ट्रयाक बनाउने ठेक्का निकालेको भनी यसको चौतर्फी विरोध भएको थियो। यसमा सार्वजनिक खरिद नियमावली समेत मिचिएको आरोप पनि लागेको छ।

ठेक्काको प्रकृया अघि बढाउँदा थप विवाद बढ्न सक्ने देखेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको निर्देशनअनुसार यो ठेक्का रद्द गरिएको विभाग स्रोत बताउँछ। शुरूमा ठेक्काको काम अघि बढाउने मनस्थितिमा रहेको मन्त्रालय चौतर्फी विरोधपछि प्रकृया स्थगित गर्ने निर्णयमा पुगेको हो।

विभागले गत असारमा रेल्वे ट्रयाक बनाउन रू। ३३ अर्ब ३४ करोडको ठेक्का आह्वान गरेको थियो। रेल्वे ट्रयाक बेड निर्माणकै अनुभव भएको कम्पनीले मात्र भाग लिन पाउने व्यवस्थासहितको ठेक्का आह्वान भएपछि यसमा सीमित प्रतिस्पर्धा गरिएको भनी निर्माण व्यवसायीहरूले विरोध गर्दै आएका थिए।

यो ठेक्काविरुद्ध केही निर्माण व्यवसायीले उच्च अदालतमा मुद्दा हालेपनि अदालतले ठेक्का प्रकृया रोक्ने आदेश दिएको थिएन। विभागले अहिले स्थगित गरेको यो प्रकृया तत्कालै शुरू नगर्ने विभागका एक अधिकारीले बताए।

रेल मार्ग बनाउने विवादित ३२ अर्बको ठेक्का रद्द

दुई शिक्षकमाथि लाग्यो छात्रा बलात्कारको आरोप

रेल मार्ग बनाउने विवादित ३२ अर्बको ठेक्का रद्द

जोखिम बढेपछि छिन्चु बजार सिल

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds